~अर्जुन शर्मा निरौला~
पहाड़ मधेश तराई सबैतिर रूपिॅयाको पौधा
पिता पुर्खा मुग्लान पसे यी पोथ्राले गर्दा।।
रूपिॅया फल्ने बुच्का हाम्रो चिया यस्को नाम
कति पुस्ता बितिसके गरी यही काम ।।
चिनिॅया र आसामेली – दुईथरी यस्को जात
आसामेली भन्दा चिनिया उत्तम- छैन यसमा बिवाद ।।
अंग्रेज आए भारतमा हामीलाई पनि ल्याए
चिया टिप्ने श्रमिक बनाई पसिना हाम्रो खाए ।।
अंग्रेज फर्कि गए पनि शासन फर्किएन
प्रगति गरे अन्य जाति – हामी सकिएन।।
हामी अझै श्रमिक कामदार अलिक ठूला बहिदार
मुनाफा खान्छन् मालिकहरू हामी फगत चौकीदार ।।
कालो चिया हरियो चिया मसला चिया पनि
अनेक थरीले खाँदा रहेछन् औषधि यो भनी।।
स्याहारी रहेछौँ बोटहरू हामी भाग्य उदाउला भनी
शुभ दिन आउला कुर्दा कुर्दै बिलाउॅने रहेछौ हामी ।।।।
-कविता ”संग्रह भाव तरङ्गहरु”
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)