~सबिता लामा~
हो मलाई अपराधीले पछारेको थियो..
ढुङ्गा माटो गेगरमाथी थचारेको थियो..!!
रोए अनि कराए म सुन्ने कोहि नहुदा..
शरीर भरी जताततै चिथारेको थियो..!!
कुनै ठाँउमा ठिकठाक रहेन यो शरीर..
गिद्द्ले सिनोलाइ झै कोतारेको थियो..!!
उडुसझै लुकिलुकि जुगाझै चुसिचुसि..
शरीरबाट रगतलाइ निखारेको थियो..!!
न त झट्पट् मर्न सके नत बाच्नलाइ..
घिटिघिटि जीवन घात पारेको थियो..!!
खै कहाँ गयो मानबको मानवतापन..
क्षेतबीक्षेत पारी मलाइ मारेको थियो..!!
थप,
न्याय माग्दा मेरो लागि मेरा बाआमाले..
हो त्येही अपराधीले हकारेको थियो….!!
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)