कविता : बुझ्नु यहाँ तब

~बि. कुलुङ~

जब जलप्रपातले रुझेका कौलास्ने रातहरुमा
फटयांग्रोले रात्रि कालिन गीतहरु गाउन छोडछन्
जब सीकसीक लाग्दा त्यो लामो रजनीहरुमा
भ्यागुतोले बिट बक्सहरु बजाउन छोडछन्

जब उतिस(रुखको आड लिएर
झ्याउँकिरीहरुले
बिरहीको गीतहरु गाउन थाल्छन्
जब टाइमिङ लाइटहरु बालेको गरेझै
जुनकिरीहरुले
जुनेलो रातहरुलाई झुक्याउने खोज्छन्
बेकामे भाले सयपत्री झै फुलेको
रनेको त्यो निर्दोष दुखी मुहारमा
झुल्किनु खोज्दै कुइरोको घामले
छरपस्ट भएर नियास्रो मुस्कानहरुले

जब दिन थाल्छन्
ऋण वृद्धिका चेपारोबाट
मिथ्या मुस्कानका संकेतहरु

बुझ्नु यहाँ,
तब
तेलको मोल छ मधेसमै सस्तो
चिनीको मोल छ मधेसमै सस्तो
केराको मोल छ मधेसमै सस्तो
चामलको मोल छ मधेसमै सस्तो
पिठोको मोल छ मधेसमै सस्तो
मसलाको मोल पनि त मधेसमै सस्तो

बस्
पहाडमा त केवल
कुल्लीहरुको
जिन्दगीको दर मात्रै सस्तो
साहुलियतको दरमात्रै सस्तो
बोनसका दर मात्रै सस्तो

पहाड आखिरमा महांगो पाहाडनै हुन्रु
किन कि
मधेसका बासिन्दाहरुले
प्रायः नै जस्तो
भावनाका मसलादार सेल रोटिहरु पोल्दैनन्

आर्थिक चपेटाको तातो तावाभित्र
यथार्थको रापहरुले पोल्लिदै जानु थाल्छन्
जब मन बहादुरहरुको मनहरु

बुझ्नु यहाँ ,
तब
पर्दाको मोल हुन्छ मधेसमै सस्तो
सिरकको खोल हुन्छ मधेसमै सस्तो
लताको मोल हुन्छ मधेसमै सस्तो
कपडाको मोल हुन्छ मधेसमै सस्तो
जुत्ताको मोल पनि त मधेसमै सस्तो

पहाडकै मुल्यवान यी सम्पत्ति
पहाडमा त केवल
फेसन मात्रै महंंगो
खोक्रो पहाडेहरुको
खोल मात्र महंगो
मधेसकाहरुलाई बिनासित्तीको
फेशनहरुले ठग्दैनन्
ठगि माग्छन् त केवल यहाँ ।

पाडेंको कुबुद्धिहरुले,
हाम्रै मनमायाहरुकी
हलक्कै बडेको
कान्छी छोरीको सुडौल जिउले
अनि
साइजरआकार र मोल फेरिएको उसैकी जिन्स पेन्टहरुले,
ठगि माग्छन् त केवल यहाँ ।

हाम्रै मन बहादुरहरुको
डोकोबाट उम्केको कुर्खे बैँसे जस्तै कान्छा छोराको
बढदो ज्याकेटको मोलहरुले,
बेलगाम बढ््दो डिमांण्डहरुका
खुट्टाले ।
पाइलाहरुले,
अनि
फेरिएको जुत्ताको आकारहरुले
तर कहिल्यै पनि फेरिने होइनन्
हाम्रै पहाडे
मन मायाहरुको बाध्यताको आकारहरु
मन बहादुरहरुको बिवस्ताको आकारहरु

हो
हाम्रै यो पहाडी भुभागभित्र
आज हाम्रै मात्र
प्रतिशत,
औसत, दर घटेको हुनाले
मधेसको आकार बढेको छ पहाडमा
मधिसेको सख्य चडेको छ पहाडमा

जे जसो भए त पनि
जब पुग्छौं हामी
जुनैसुकै पसलहरुमा
ख्याल गर्नुहोस
अब मधेसी भइयाहरुको मुहार मुहारमा
खुसीको घाम जून लगायत
जब ताराहरु झुल्किन थाल्छन्
बुझ्नु यहाँ,
तब दशैं आयो
बुझ्नु यहाँ,
तब तिहार आयो

यश, दार्जिलिङ

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.