~नेकी धनेन्द्र~
मेरो यो जिवन चाहेर पनि बदलिन सकेन
घृणा गर्छ जुन समाजले न्याय दिन सकेन
म त धर्तिको बोझ
पागल हुँ म पागल हुँ कसैले गर्दैन खोज
‐मलाई देखेपछि भाग्छन् दुँनिया सबै
माग्छु दुइचार पैशा खानलाउन नभै)२
मेरो जहिलेदेखि लुटियो इज्जत र धन
टुट्यो जिउने आश अनि विग्रियो मन
म त धर्तिको बोझ
पागल हुँ म पागल हुँ कसैले गर्दैन खोज
‐पाइन्न मागेर खान लाउन भन्ने मै हुँ
गरिवका लागि पनि उदार बन्ने मै हुँ)¬२
तर यो समयले लगायो किनारा मलाई
जब मान्छेमा हरायो इमान्दारी र भलाई
म त धर्तिको बोझ
पागल हुँ म पागल हुँ कसैले गर्दैन खोज
(स्रोत : रचनाकारको ब्लगबाट सभार)