~राजकुमार बराल~
ऊ
पसिना पुछ्दै
त्यो उचा ठाउँबाट
तल हेर्छ
तर
देख्दैन मानवता
फगत देख्छ
गगनचुम्बी महलहरु र
पैसाका मान्छे ।
ऊ
पहिलोपटक उचाईमा चढेको होइन
उसले
पहिलोपटक
पसिना पुछेको पनि होइन
पहिले उचाइबाट
उसले
हरिया डाँडा देखेको थियो
खोलानाला र चउर देखेको थियो
आमाको छाया पनि देखेको थियो ।
तर
उचाई उस्तै भएपनि
पसिना उस्तै भएपनि
ऊ
आँखाभरि आँसु पार्दै
खुइइय गर्छ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)