~सुदर्शन थिङ्ग~
पाए त आमा रोजगारी यँहा बस्थे है हाँसेर
आउने त पक्का थिएन आमा बाकसमा बाँधेर
दशधारे दुधको ऋण है आमा तिर्नलाई यहाँ सकिन बसेर
पलाएन भए विदेश है आमा चिल गाडी चढरे
सुखका भाति दु:खका खेती गर्दैछु कसेर
दिनरात एक भयो है आमा आँशुलाई पिएर
गाँउघरको याद कुनै दिन छैन है आमा बसेको तडपेर
लाग्दथ्यो आमा तिमिसंग भेट हुँदैन कि भनेर
साँहुका ऋण तिर्दैथे आमा पसिनालाई साटेर
हासोको फोटो तिम्रो आउदथ्यो है आमा आँखामा नाचेर
दिन मेरो कुन बेला बिग्रिएछ आमा खसेछु कामबाट
फर्किदैछ छोरो हे मेरी आमा अब लाश है बनेर
कठोर बनि दियो है आमा दैव पनि आजकाल हेर
निभ्यो है दियो बालेथ्यौ आमा छोरोलाई सम्झेर
चिरागै हरायो, नबगाउ आमा आँशुका मोती बस है भुलेर
पाए त आमा रोजगारी यँहा बस्थे है हाँसेर
-काठमाण्डौ ।
मिति २०७७/१०/११ गते
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )