लघुकथा : सबै खाइदिन्थे

~सदानन्द अभागी~

नानीमैयाँ उमेरले सत्तरी काटेकी छन् । उनको श्रीमान वितेको करिब दशबर्ष भै सकेका छन् । एउटा छोरा थियो त्यो पनि दुर्घटनामा परेर मर्‍यो । घरको नाममा एउट सानो झोपडी नानी मैयाको श्रीमानले तयार पारेर छोडेको थियो । शरिरमा बल छन्देरी उनलाई सबैले काम गर्न बोलाउँथे त्यही कामको सहारा थियो पेट भर्ने एउटा उपाय । अवत गाउँ घरमा गएर मागेर पेट भर्ने भन्दा अर्को कुनै उपाय थिएन । हिजो बल छन्देरकी नानीमैया सबैकै चाखिली थिइन् । काम गर्नको तानातान थियो । धनीमानीको घरमा गोबर फ्याक्ने लगायत भैंसी पनि दुहीदिनु पथ्र्यो । अझै पनि माग्न जाँदा केही न केही काम गरेर नै केही खाना तथा अन्न पात माग्ने गर्थिन् ।

तीजको दिन थियो । मीठो मीठो खाने राम्रो नाना लाउने दिन भए पनि उनले कहाँ पाउनु ती चिजहरू । त्यै पनि आफ्नो जीवनको धेरै दिनको बल समर्पण गरेको घर थियो भीमलालको । आज कसो मुखमा माड नलाग्ला भिमेको घरमा भन्दै नानी मैया विहानै भीमेको घरतिर लागिन् । उनी भीमेको आगनमा दुट्टा राख्न नपाउँदै भीमेको स्वास्नीले देख्ने बित्तिकै तँ बोक्सी मेरो भैसी बिगारी दिइस् भन्दै आगन बाट धपाइन् । नानीमैयालाई एक शब्द पनि बोल्न नदिएर आगनबाट बाहिरिन बाध्य पारिन् । नानी मैयालाई सारै रिस उठ्यो । त्यो रिसले के नै गर्न सक्थ्यो । समाज जोड्ने तरखरमा लाग्ने बिचार पलायो । उनी वडासदस्यको घरमा पुगिन् । वडासदस्यले उनी आउनुको कारण सोधे, । भीमलालकी श्रीमतीले मलाई बोक्सीको आरोप लगाइन् । न्याय दिनुप¥यो भन्ने बिन्ति चढाइन् । भित्रबाट बडासदस्यकी श्रीमती कराउँदै निस्किन् । तँ बोक्सीलाई के को न्याय दिने ? अब त तलाई गाउँ निकाला गर्नि हो । वडासदस्य पढे लेखेका थिए, उनलाई कोही बोक्सी या बोक्सो हुँदैन भन्ने विश्वास थियो । यो अन्धविश्वास हो भन्ने राम्ररी जान्दथे साथै कानुनी प्रावधानमा कसैले बोक्सी या बोक्साको आरोप लगाउन पाइँदैन भन्ने कुरा पनि उनलाई थाहा थियो । वडासदस्यले आफ्नी श्रीमतीलाई तत्काल झपार्दै नानीमैयाँसँग माफी माग्न लगाए र आज दरखाने दिन हो यहीं घरमा बसेर दरखानु पर्छ भन्दै आफ्नै घरमा तीज मान्न लगाए । तीजपछि भीमेको श्रीमतीलाई पनि समाज राखेर न्याय दिलाई दिने आश्वासन दिए ।

तीज सकियो गाउँका भद्रभलाद्मी भीमको घरमा जोडिए । सबैलाई थाहा भै सकेको थियो कि वडा सदस्यकी श्रीमतीले नानीमैयासँग माफी मागीसकेकी थिइन् । भीमेको श्रीमतीले पनि मनमनै गल्ती स्वीकारी सकेककी थिइन् । समाजले नानीमैयासँग समाज बोलाउनको कारण सोध्यो । नानीमैयाले ‘मेरो बल छन्देरी मैले यो घरको धेरै सेवा गरें । मैले कहिल्यै ज्याला मागिन, दिए लिएँ, न दिए मन बुझाएँ, यस घरमा मेरो श्रमको शोषण भएकोछ तरं यसमा मेरो कुनै गुनासो छैन किनकी मैले आज पनि यस घरलाई आफ्नै घर सम्झेकी छु । म बुढी भएँ, मेरो कुनै सहारा छैन अब मैले यस घरलाई सेवा दिन सक्तिन । सेवा नपाउने भएपछि म बोक्सी कहलाएँ । संसारमा कोही बोक्सी हुँदोहो त उसले रिस उठेका सबैलाई खाइदिन्थ्यो । म पनि बोक्सी हुँदिम् त बोक्सीको आरोप लाग्दाकै दिन यस घरका सबैलाई भष्म पारीदिन्थे तथा खाइदिन्थे । मैले यो समाजलाई यही भन्न चाहान्छु कि बुढा, नराम्रा, गरिब, निमुखा असहाय देखेपछि बोक्सीको आरोप किन लगाइन्छ ? म हिजोसम्म यस घरका भैसी दुहें, घाँस काटे, गोवर फेकें, सबै काम गरें, म बोक्सी भइन÷थिइन । आज म बुढी भएँ यो घरलाई श्रम दिन सकिन त्यसैले होला म बौक्सी कहलाए ?

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.