~केशब शर्मा मरासिनि~
मशान झै लाग्छ शहर आफुभित्रै जलेर होला
बिरक्त बन्छ प्रहर भित्रै कुन्ठा चलेर होला
जताततै बिषक्त बोली हरु बिझाउछन
सायद आसाका चहर हरु गलेर होला
द्वैष भरिएका रुखा बन्जर हरु नजर आउछन
सपनाका हरेक तन्द्राहरु बलेर होला
रजौटेको मात बोल्छ शहरको नक्सा फेरिएन
फगत स्वार्थको बिषक्त्त फल फलेर होला
दिन बिक्यो सहरमा तर अझै दिल बिकेन
रुखो बन्दैछ सहर मानबता गर्ल्याम्म ढलेर होला
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )