~केशबलोचन शर्मा~
‘छोरी’
एउटी छोरी
बांधिन्छे गर्भ देखि
प्रकृतिको काख ।
अन्धो समाज
दिनरात यातना
मृत भावना ।
पुज्दामा लक्ष्मी
बोलाई राम राम
खल्तिमा छुरा ।
बढ्दो उमेर
शिक्षा विनाको दासी
जीवन इति ।
पराई घर
नचिनेको मानिस
लुट्यो अस्मिता ।
डोको र जांतो
राक्षसको चरित्र
मृत्यु भो साथी ।
क्लिलो हात
अजंग अग्लो बृक्ष
खुर्पाको विड ।
निश्चर भीर
कहाली लाग्दो दीन
घांसको झाम्टो ।
निमुखा बाउ
नकचरो समाज
नारीको पिडा ।
स्वार्थको जालो
समाजको रजांई
नारीको मृत्यु ।
केशबलोचन शर्मा
चौतारा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )