कविता : खोटो जुन

~भिमसेन थापा मगर~

मुहारमा खोटो बोकेर
अरुकै साहारामा मुस्कुराएर
लाखौ ताराबिच आफुलाइ सर्वोच्च मानेर
मुस्कुराउदै मुस्कुराउदै
एकै चद्रमासमा मलाइ अधेरोमा धकेलिजाने
ए निस्टुरी जुन !
आमाले थालिमा तिमिलाइ देखाउदा
टरेको त्यो बालापनको भोक जगेर होला
सुनन ,,,
म तिमीलाई अझै पनि मनपराउछु ।

पन्ध्रै दिन त हो
के म तिमिलाइ पर्खौ ?

– भोजपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.