~नम्रता भण्डारी~
हरिया पाखापखेरामा आफु रमाउँदै हिडँदाको कल्पनाले मात्र कसको पो मन नलोभियाउँदो होस ।हिडनु, डुल्नु ,घुम्नुको मज्जा नै वेग्लै र अदभुत हुन्छ । गाडीवाट पुरै एकफन्को लगाएर वरपरको सुन्दरता नियालेर रमाउन दिनु भन्दै छोरीहरु जसरी भएपनि भोली घुमेर आनन्द लिने ढिपि कस्दै थिए ।
कोरानको कहरले लगभग ४ महिना अवधिभरि पुरै कोठामा नै थन्किऐर बस्यो । एक चोटी पनि बाहिर नीसकीन नपाएको पीडा र छटपटी छोरीहरुको मुहार र व्यवहारमा स्पष्ट देखीन्थियो। साढे पाचँ वृषकी कान्छी छारीले खाना खाएर सुत्ने बेलामा मामु पिलिज अब त हामीले कतै घूमन जान मिल्दैन जीज्ञासा तेसाई। हो आज भोली मलाइ पनि दिक्कक लागछ, केहि पनि गर्न मन लागदैन कुठित बनेका आफना चाहाना पोख्नन खोज्दै थिई अब कक्षा छ मा अघ्यनरत जेठी छोरी आर्या पनि । असहज परिस्थितमा कसरी सहज यात्रा आरम्भ गर्न प्रशनले मलाई रातभरि हुटहुटी पार्र्यो । आखिरमा छोरीहरुको मुखबाट निराशको बादल हटाउन सबै क्षणहरु सहजताका साथ बिताउने कल्पनाको साथ यात्रातिर हुइकियौ ।
बालाजुवाट साउनको अन्तिम हप्ताको शनिवार विहान ११ वजे सुरुभएको हाम्रो यात्रा नेपालटार, सोह्रखुट्टे, शोभाभगवति कालिमाटि, वल्खु र अन्त्यमा किर्तिपुरको सुन्दर प्राकृतिक छटा नियाल्दै करिव आधा घण्टा पछि गन्तव्य स्थानमा पुगेर रोकियो । ढिला नगरी तीनवटा तीस रुपैयाको टिकट काटेर श्रीमान्सहित हामी तीनजना किर्तिपुरको टौदह भित्र छिर्यौ । पुरै टौदह खालि खालि देख्दा छोरिहरुलाई भाग्यमानि मानि हामि सुन्दर प्राकृतिक छटा तिर आँखाँ घुमाउन थाल्यौ। पोखरीका सम्बन्धमा प्रचलनमा रहेको किम्वदन्तिहरुलाई प्रत्यक्ष रुपमा आफ्ना आँखाँहरुले नियल्न पाउदा हाम्रो आतुर मन खुसिले गद्ग्गद् भयो । मन्जुश्रीले चोभारको डाँडाँलाई काटि पानी पठाउदा दहमा वसेका नागराज वाहिरिएमा शंकट आउने देखेर भिमसेनद्धारा दह निर्माण गरी पोखरीको नाम टौदह राखिएको रहेछ । पोखरीको वनावट अस्टकोण आकारको एवं काठमाण्डौ उपत्यकाको आकार संग मिल्दोजुल्दो छ । श्री करकट नागराज रातो मत्छिन्द्रनाथ संग ठूलो सम्वन्ध यस पोखरीको रहेको भनाइ छ । जावलाखेलमा देखाइने भोटो श्री कर्कोटक नागराजको हो भन्ने वास्तविकता धार्मिक शास्त्र र ग्रन्थहरुमा उल्लेख छन् । यसरी पोखरिको उत्पत्ति काठमाण्डौ उपत्यकाको उत्पत्तिसंगै सम्वन्धित छ ।
टौदह पोखरी परापूर्वकालदेखि नै श्रदाकासाथ हेरिदै आएको छ भने नागराजले आफ्नो भक्तहरुलाई दर्शन दिन चाहेमा विभिन्न रुपमा दिने स्थानीयवासि वताँउछन् । टौदह प्राकृतिक छटा र धर्मिक विविधताका दृष्टिले पीन विशिष्ट रहेको छ । यसरी पोखरीको ईतिहास आफैमा एउटा धार्मिक चिनारिका रुपमा उभिएको छ । टौदह छिर्ने वित्तिको कोइलीको कुहुकुहु मोहक आवाजले मननै त्यतै हरायो । छोरिहरु रुखको वीचमा सुनगाभा ढकमकंक फुलेको देखेर प्रफुल्ल हुदै त्यतै रमाए । पोखरीको क्षेत्र वरिवरी पाइने विभिन्न चराहरुका साथै ६३ किसिमका चराहरु जस्तै जलेवा, चखेवा, सिन्दुरे हास, गजले सुनचरि, कुककु कोइली, बाँके जलवकुल्लो, फिरफिरे, पानी चाहा, मरुल, फिष्टो, लालकण्ठे, सुइरो पुच्छे आदि देख्न पाइन्छ। नौलो आकर्षक सानाठुला अग्ला होचा ती चराहरु आँफेमा मनमोहक र आकर्षक देखिन्थे । प्रकृतिको अनेक शुन्दर सृजनाका रुपमा रहेका फुलहरु लटरम्म फुलेर झुलेको देख्दा अनुपम प्रकृति आफै खित्का छोडेर हासेको भानभो । सम्पुर्ण वातावरण भरी चिरविर मधुर स्वर जताततै गुन्जित थियो। म र श्रीमान चाहि घासँमै लम्पसार भई भूईमै थचक्क वस्यौ, माटोको सुगन्ध र फुलको वास्नाले शरिरमा छुट्टै उर्जा संचार भएको थियो ।
टौदह पोखरिभरि सेतो गुलावि पहेलो कालो रातो लगायतका विभिन्न रंङ्गका माछाहरु यतावाट उता, उता वाट यता सलल पौडिरहेका थिए । छोरिहरु माछाको आहार भुजा र तोफु दिदै ति माछाहरुको कृयाकलापको आनन्द लिदै उनिहरुका वावासंग सुस्तरि अगाडि वढ्दैथिए । लोभिएको मेरो लालायीत आँखा पहिलो पटक लकडाउन पछि पोखरिलाई स्पर्श गर्ने वित्तिकै प्रकृति आफै वोलेको आभाष भयो । “नानि आखिरमा त हामिलाई भेट्न आयौं नि”। के भनौ के नभनौ ? भन्ने सोचिरहेको थिए । प्रकृति नै फेरि आफै वोल्न थालिन , नडराउ खुसिको साथ लामो सास तानेर स्वच्छ सफा हावामा हिड । प्रकृतिलाई मायाँ गर्न सिकाइदेउ, रुख नकाट्ने फोहोर जथाभावि नफाल्ने वोटविरुवाको संरक्षण गर्ने , सवैलाई आफ्नो स्वतन्त्र रुपमा हाँस्न दिने र कहिले पनि आफुअनुकुल हुने गरी आफ्नो वातावरणलाई परिमार्जन नगर्ने ।हस् भै हाल्छ नी मेरो मुखवाट एकाएक आवाज निस्क्यो । यताउति हेर्छु कोहि पनि छैनन्। मन्त्रमुग्ध हुदै त्यहि माटो संग सम्वन्ध जोडेर टुसुक्क त्यहि वसेर प्रकैतिसंग मुस्कुराउदै थिए ।
ए मामु छिटो आउनुन के टोलाइरहेको छोरीको आवाजले एकाएक झसंग हुन्छु म । यहा कत्रो अनुपम सौन्दर्यले भरिएका अद्भुद माछाहरु रहेछन्, हेनु त तल पोखरीको पिधमा । छोरी वोलेकोले मैले पुलुक्क माथिको डिलवाटनै माछाहरुलाई चियाएर हेरे । स्वच्छ र सफा टौदहमा थुप्रै प्राणीहरु पोखरिमा आफ्नै स्वरुपमा पौडिरहेका थिए । यस दहमा माछा मार्न हास लगायत अन्य चराचुरुङ्गिको शिकार गर्न र पौडि खेल्न सक्त मनाहि गरिएकाले माछा एवं चराचुरुङ्गिहरु आफ्ने वासस्थानमा स्वतन्त्र रुपमा उडिरहेको पाइन्छ ।
प्रचुर पर्यटकीय संम्भावना वोकेको यस टौदह किर्तिपुर नगरपालिका ६ मा अवस्थित यस स्थानको संरक्षणकालागि टौदह समाज संरक्षण समिति गठन भै थुप्रै काम भइरहेको छ । यसको साथै यस पोखरी भित्र फोहोर फल्न नदिन र अनावश्य उत्सृखल कृयाकलाप नियन्त्रणकालागि समेत आवश्यक व्यवस्था गरिएको छ । पोखरीको प्रवेश द्धारवाट पोखरीको चारैतर्फ घुम्नलाई सुविधा सम्पन्न ढलान गरिएको वाटो र रेलिङ्गले घेरिएकोले पोखरी सफा र सुरक्षित रहेको छ ।पोखरी वरिपरि केहिवेर फोटो खिचेर नौलो परिवेशमा धेरै पछि घुलमिल हुनपाउँदा छोरिहरु औधी प्रफुल्ल थिए भने हामि दूई प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै त्यतै गाँसियौ । आकर्षक मनमोहक टौदह पोखरी भित्र विभिन्न चराचुरुङ्गि र माछाहरुको आनन्दित क्रियाकलापले त्यहिनै वसिरहु झै लागेको थियो । त्यहि पनि कोरोनाको डरले मनमोहक परिवेशलाइ मनभरि सम्हाँल्दै नचाहेर पनि छिटो छिटो सुन्दर अनुपम स्थानलाई छोड्नु पर्दा निरास हुदै पाइलाहरु घिस्रे । पाँच घण्टाको समय कति छिटो वित्यो पत्तै भएन ।यात्रावाट प्राप्त भएको सन्तुष्टि छोरीहरु र हामी दुइको अनुहारमा पनि खुसिका किरण भएर टल्किरहेका थिए ।धेरै पछि त्यो साँझ निसास्सिएको जीवनमा प्राप्त भएको उन्मुक्तिको रुपमा छोरिहरुको अनुहार चम्किरहेको थियो ।
नम्रता भण्डारी
तारकेश्वर ७ काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )