~पुष्कर लोहनी~
१,
घाम चर्किंदा
उडेको कालो मन
चुलो भत्किँदा ।
२,
सूर्य छिरेछ
आँखेझ्याल छेडेर
उज्यालो झर्दा ।
३,
तातेको सूर्य
लल्याकलुलुकमै
आफै सम्झिँदा ।
४,
कालो सपना
कालो सर्प बेरिँदा
लत्रेको रात ।
५,
झपरी केरा
छोडाउँदा जिस्कियो
दहीको भाँडो ।
६,
नाक रसायो
ढुङ्गेधाराको पानी
नुनिलो स्वाद ।
७,
आँपको चोप
हातभरि टाँसिँदा
निकाल्दा आँसु ।
८,
असह्य हुँदा
माडिएछ तकिया
शरीरै हल्का ।
९,
जाडो बढेछ
पिएँ रक्सी मस्तले
आगोको धूवाँ ।