~मदन पौडेल~
लेखकीय दृष्टिकोण
वर्तमान समयमा साहित्यको परिभाषालाई आ–आफ्नो ढ·ले दिने गरेको पाइन्छ । संस्कृतको ‘सहित’ बाट बनेको साहित्य शब्दले सहभाव अर्थात् सहितसँग हुने भाव बुझाउँछ । साहित्यमा शब्द र अर्थको मिलन हुन्छ, भाव र विचारको सम्मिलन हुन्छ, कल्पना र अभिव्यक्तिको संयोग हुन्छ जसले समाजका विविध रहरलाग्दा कहरलाग्दा विषयवस्तुलाई समेटेको हुन्छ । त्यसैले यसलाई समाजको ऐना पनि भन्ने गरिन्छ । समाजको ऐनाको रूपमा साहित्यलाई बुझिन्छ भने समालोचनालाई साहित्यको ऐनाका रूपमा बुझ्ने गरिन्छ । हरेक साहित्यिक कृतिको आफ्नो मूल्य, शक्ति र सीमा रहेका हुन्छन् । कृतिमा आएका पक्षहरूलाई तर्कयुक्त परीक्षण, मूल्याड्ढन, सत्यापन गरी बाहिर ल्याउने काम गरिन्छ जसलाई समालोचना भन्ने गरिन्छ । समालोचनाका माध्यमबाट कृति भित्रको वस्तु तथ्य पहिचान गरेको अवस्थामा पाठकहरूलाई पठनबोधमा थप सहज हुने गर्दछ । यसैलाई मध्येनजर गर्दै ‘एक चिहान’ उपन्यासको यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ । उसो त यस उपन्यासको पहिलो संस्करण (२०१७) हो । पछिल्लो समयमा उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ को अनिवार्य नेपाली नयाँ पाठ्यक्रम (२०६७) मा यो उपन्यासलाई समावेश गरेको छ । पछिल्लो संस्करण (२०६७) मा प्रकाशित यो उपन्यास पहिलो संस्करणको जस्तो पूर्ण रूपमा हुबहु नआई केही अंश कटौती गरी संक्षिप्त बनाइएको छ । सर्जकप्रति सम्मान गर्दै संक्षिप्त बनाएर लेखिएको भनिए पनि कृतिको मौलिकतामा ठेस लागेको भने अवश्य देखिन्छ । यद्यपि पछिल्लो चरणमा प्रकाशित उपन्यासको वस्तुतथ्यलाई विश्लेषण गर्ने प्रयास गरिएको छ जसले विद्यार्थीहरूलाई मात्र नभई स्वतन्त्र रूपमा अध्ययन गर्न चाहने अध्येतातलाई पनि सहयोग मिल्ने अपेक्षा मैले लिएको छु ।
विषय प्रवेशः
रूपभन्दा वस्तुलाई व्यक्तिभन्दा समाजलाई महŒव दिँदै लेख्ने उपन्यासकार ह्दयचन्द्रसिंह प्रधान (१९७२–२०१६) ले नेपाली साहित्यको फाँटमा उपन्यासको अतिरिक्त एकाड्ढी, निबन्ध, कथा, समालोचना, व्याकरणजस्ता विभिन्न विधाहरूमा कलम चलाएको पाइन्छ । प्रधान नेपाली आख्यान तथा समग्र साहित्यको उन्नयनमा एक स्थापित व्यक्तित्वका रूपमा चिनिन्छन् । ‘स्वास्नीमान्छे’ (२०११) उपन्यासमार्फत आधुनिक नेपाली उपन्यासमा मूल रूपमा आलोचनात्मक धारा भिœयाउन सफल मानिन्छन् । प्रधानले समाजमा देखिएका अन्धविश्वास, शोषण, कुरीतिलाई एक चिहान उपन्यासमार्फत परिवर्तनको आÞवान गरेका छन् । दोस्रो तथा अन्तिम उपन्यासको रूपमा आएको एक चिहान उपन्यासको विश्लेषण क्रमशः तल गरिएको छ ।
१. कथानक
उपन्यास निर्माणमा कथानकको महŒवपूर्ण स्थान हुन्छ । कथानकमा कथा वा घटना हुन्छ । घटना भनेको त्यस्तो कार्यव्यापार हो जसमा आकस्मिकता र असाधारणताको तŒव रहन्छ । यसले भावकमा उत्सुकता कुतूहलता संशय जगाउँछ । यस्ता घटनाहरूको कार्यकारण योजनालाई कथानक भनिन्छ । कथानक उपन्यासको शरीर हो । सुन्दर सुगठित शरीर भएको व्यक्तित्व जसरी प्रभावशाली र आकर्षक हुन्छ अनि प्रथम दर्शनमै मानिस मोहित बन्दछ र उसको कार्यकलाप र विचारको परिचय पाएपछि झन् प्रभावित हुन्छ त्यसरी नै पाठकलाई सबभन्दा पहिलो आकर्षण गर्ने तŒव भनेकै कथानक हो ।
उपन्यासको विषयवस्तु एक गरिब परिवारको किसानको जीवनमा आइपरेका विविध समस्या र विपत्तिमा आधिरत छ । उपन्यासको विषयलाई ३१ परिच्छेदमा विभक्त गरी प्रस्तुत गरिएको छ । डिमाइ साइजको जम्मा १०७ पृष्ठमा संरचित ‘एक चिहान’ लघु आकारको उपन्यासको रूपमा देखिन्छ । उपान्यासमा अष्ट नारानको परिवारको संघर्षपूर्ण जीवनयापन तथा दिनचर्यालाई प्रस्तुत गरिएको छ । जीवनमा सन्तान पाएर पनि सन्तानप्रति उत्तरदायित्व निर्वाह गर्न नसकेको बताउने बृद्ध अष्टनारण विरामी भई ओछ्यानमा पर्दछ । अष्ट नारानको उपचार तथा घरको जिम्मेवारी ठूलो छोरो शिव नारानको काँधमा आउँछ । बाबु अष्ट नारानको इच्छा नुहँदानहुँदै पनि उपचारका निमित्त सबै परिवाका सदस्यहरू लागिपर्छन । त्यसपछि नजिकैका तुयु गुभाजु, वैद्य, कविराज तथा नामोद डाक्टर गोदत्तप्रसादलाई उपचारका निम्ति बोलाउँछन् । यति हुँदा पनि नभएपछि अष्ट नारानले आफ्नो क्रियाको लागि छुट्टाएको रु.२५ खर्च गर्दा पनि बिरामी निको नभई मृत्युवरण गर्न पुग्दछन् । घरमा रहेका दुई भाइ पुन नारान र हर्ष नारान, एक बहिनी नानीथकुँ, आमा लतमाया लगायतको परिवारलाई सञ्चालन गर्ने मुख्य दायित्व शिबवनारमा थपिन्छ । भाइ हर्ष नारान, र बहिनी नानीथकुँको, घरजम गरिदिनु, कृषि कर्मबाट जीवन निर्वाह गरी भत्किन लागेको घरलाई पुननिर्माण गर्नु पर्ने दायित्वयसमेत शिव नारानमा थपिन्छ । किसानहरूको जीवनमा नयाँ घाम ल्याउने पक्षमा शिव नारान संघर्षपूर्ण यात्रामा रहेको छ । उसले आफू तथा परिवारका सदस्यहरूलाई मिलाएर कृषि कर्ममा खटाएको छ । यस्तो संघर्षमा रहेको शिव नारानको परिवारको अवस्थालाई देखी त्यो परिवारबाट स्वार्थ लुट्ने गरी समाजका विभिन्न शोषक तथा सामन्ती वर्गका व्यक्तिहरुको चलखेल बढेको छ । डाक्टर गोदत्तले नानीथकुँको लावण्य सौन्दर्य देखेर उसलाई भोग्नका लागि कुटिल चाल रच्दछ । त्यसैको प्रेमाजालमा भावुक स्वभावकी नानीथकुँ फस्दै गएकी छ । भावुक प्रेममा फसेको तथा नारीको वास्तविक अस्तित्व लुटिन लागेको थाहा पाएर नानीथकुँलाई सहीमा मार्गमा ल्याउन चालेको रञ्जना शर्माको उचित कदम पनि यहाँ निकै मार्मिक रुपमा आएको छ । त्यस्तै ग्रामीण सामन्तीका रूपमा रहेको तल्सिङ सुब्बा सुरमानले नानीथकुँलाई प्राप्त गर्नका लागि विदेशी तान सित्तैमा दिने, गत वर्षको बाँकी रकम मिनाह गरिदिने जस्ता लाञ्छना सहित आफ्नो मतियार रामबहादुरलाई लतमाया समक्ष पठाउँछ । शोषणको ध्याउन्नमा रहेका यस्ता शोषक र सामन्ती वर्गका पात्रको कुकर्मले कथानकमा गति प्रदान गरेको छ । घरको सञ्चालनका लागि हम्मेहम्मे परिरहेको अवस्थामा अष्ट नारानको परिवारका सदस्यहरु आफूले सक्ने काममा लागिरहेका हुन्छन् । यसै क्रममा तीन दिनसम्मको मुसलधारे वर्षासँगै आएको बाढीले घर तथा बेंशी खेतको झुप्रो बगाई अष्ट नारानको सबै परिवारलाई एकै चिहान बनाउँछ । यही दुखत् र कारुणिक अवस्था नै उपन्यासको केन्द्रीय विषय बनेको छ ।
‘एक चिहान’ उपन्यासको कथानकीय ढाँचा रैखिक देखिन्छ । उपन्यासको मूल श्रोत सामाजिक संरचना र व्यवस्थामा देखिएका विभिन्न किसिमका शोषणका रूपहरू, सामाजिक विकृति विस·ति रहेका छन् । उपन्यासमा नानीथकुँको आन्तरिक द्वन्द्व, रामबहादुर र शिव नारान बीचको बाÞय द्वन्द्व पनि आएको छ । गरिब किसानको पसिनामा मोज गर्न चाहनेहरूको कतुर्त तथा गरिब किसानको संघर्षबाट पनि जीवन सफल हुन नसकेको भाव उपन्यासमा उद्घाटित गरिएको छ ।
२. चरित्रचित्रण
कथानकलाई अघि बढाउने मानवीय वा मानवेतर प्राणीलाई चरित्र भनिन्छ । कथानकको जीवन्तता पात्रको क्रियाकलापमा भर पर्ने हुनाले यी दुवैलाई घडी र ब्याट्रीको रूपमा लिइने गरिन्छ । उपन्यासमा मानवीय वा मानवेतर जुन पात्रको प्रयोग गरे पनि त्यसले समाज र जीवनको प्रतिबिम्बन गरेको हुनुपर्दछ । उपन्यासमा चरित्रचित्रण कथानात्मक र नाटकीय दुवै शैलीमा गर्ने गरिन्छ । ‘एक चिहान’ उपन्यासमा नाटकीय रूपमाभन्दा पनि कथानात्मक रूपमा प्रयोग गरिएको भेटिन्छ । उपन्यासमा मूलतः निम्नवर्गीय र सामन्ती शोषक वर्गाका पात्रहरूको प्रयोग गरिएको छ । उपन्यासमा वर्णित विविध पात्रहरूमध्ये केही मुख्य पात्रहरूको विश्लेषण निम्नानुसार गरिएको छ–
शिव नारान
अष्ट नारानको जेठो छोरो शिव नारान उपन्यासको प्रमुख पात्र हो । बाबुको निधनपछि घरपरिवारको मुख्य जिम्मेवारी लिएको एक कर्मठ, मिहिनेती कृषक हो । किसान पृथ्वीको अन्य प्राणीका लागि अन्नदात भएको, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने, रगत दिएर संसारलाई जिन्दगी दिइरहने त्यागी प्राणी (पृ.८२) ठान्ने अष्ट नारान कृषक हुनुमा गर्वको महसुस गर्दछ । बाबु अष्ट नारानले सामाजिक रीतिरिवाज र संस्कार अनुरूप इन्कार गरेको दानदक्षिणा, भात भतेरलाई पूर्ण रूपमा लागू गर्दै बाबुको मृत्यु हुँदा पनि पालन गर्ने आदर्श तथा प्रगतिशील पात्र हो । डाक्टर गोदत्त र तल्सिङ सुरमान सुब्बाबाट भएको एकाएक उदारता खतरनाक छ (पृ.३४) भनी त्यस्तो प्रवृत्तिको लेखाजोखा गर्ने सचेत र स्वाभिमानी स्वभावको पात्र हो । आफूले हिसाब गरेको र दिनुपर्ने लगत अरुले बोलेको भरमा सरकमरक गर्नुहुँदैन (पृ.७२) भन्ने इमान्दार, प्रेम गर्न सबैले पाउनुपर्छ तर प्रेमका नाममा उच्छृङ्खल र छाडातन्त्र हुनुहुँदैन (पृ.७२), आफ्नो जीवनको भविष्यको लागि सुयोग्य वर छान्न पाउने अधिकार सबैमा हुन्छ, त्यो आफ्नी बहिनीले पनि गरोस् भन्ने चाहना राख्ने, भाइ हर्ष नारानले तामाङ् जातकी केटीलाई मनपराएको कुरालाई सहजै स्वीकार गर्दै विवाह गरी घरमा भिœयाउनु (पृ.९२) साथै बहिनीको मञ्जुरीअनुसार मधेस मूलको राम खेलावन राउतसँग विवाह (पृ.९८) गरिदिनुले प्रेम र अन्तरजातीय विवाहप्रतिको खुला धारणा रहको प्रगतिशील देखिन्छ । नेवार, पर्वते र मधेसी तीन जाति र संस्कृति मिसिएर एक हुँदै गएमा नेपाल अझ सुन्दर विशाल हुन जान्छ (पृ.९३) भन्नु, दाइजोका रूपमा घरेलु सामग्री कोदालो, खुकुरी, टोपी आदि दिनुले उसमा प्रबल राष्ट्रिय भावना र राष्ट्रिय संस्कृतिको जर्गेनाप्रति चिन्तनशील व्यक्तित्वका रूपमा चिनिन्छ ।
विद्यमान रूपमा पनि व्यवाप्त रहेको नव दुलहीलाई भिœयाउँदा गरिने अस्वाभाविक क्रियाकलापप्रति आपत्ति जनाउँदै उनीहरूलाई गरिने यस्ता स्वाङ र ढोंग होइन बरु लोग्ने मानिसहरूले हक, अधिकार दिन नभुलौं (पृ.९५) भन्ने शिव नारान नारीप्रतिपनि उदार दृष्टिकोण भएको पात्रका रूपमा देखिन्छ ।
समग्रमा शिव नारान गरिब किसान भएर पनि किसान हुनुमा गर्व गर्ने परम्परित कुसंस्कारलाई तोड्न चाहने प्रगतिशील, राष्ट्रियता र राष्ट्रिय संस्कृतिप्रति चिन्तित हुने सचेत, स्वाभीमानी, राष्ट्रवादी, आदर्शवादी, कर्तव्यपरयाण गरिब किसानको प्रतिनिधित्व गर्ने वर्गीय अनुकूल पात्र हो । उपन्यासमा यसको केन्द्रीय भूमिका रहेको छ ।
डाक्टर गोदत्त
उपन्यासको प्रमुख खल पात्र हो । तीनवटा छोराछोरीका बाबु भएको पेशाले सरकारी अस्पतालमा काम गर्ने डाक्टर हो । ह्दयमा दयाको लेशसमेत नभएको (पृ.११), तर नानीथकुँको सौन्दर्य र भाव भ·गीले आकर्षित भई अष्ट नारानको उपचारमा जाने तथा काजक्रियाका लागि सहजै ऋण दिने पवित्रपापी (पवित्र वाणी पापी मन) प्रवृत्तिको पात्र हो । बिरामीको अवस्था चिन्ताजनक हुँदा आलटाल गर्ने तथा उपचारमा जानुभन्दा पहिल्यै आफ्नो शुल्क लिने (पृ.७) नीच र सङ्कुचित मानसिकताले भरिएको व्यक्ति हो । उमेर ढल्कँदै गएको कपालमा जौतिल पाकिसकेको (पृ.६४) तर खुट्किलै पिच्छे स्वास्नी चाहिने (पृ.५९) भोगविलासी हो । सोझी ग्रामीण युवतीलाई मुसुमुसु हाँसीकन मायाजालमा फसाउने हँसमारा व्यक्ति हो । बिरामीको सेवामा दत्तचित्त हुनपर्ने डाक्टरी पेशाको मर्यादालाई उल्लङ्घन गरी बिरामी हेर्ने कोठामा युवतीको यौवनलाई साधुको भेषमा कृष्णलीला गर्ने (पृ.६१) शोभा, सभ्यता र लाज नभएको व्यक्ति हो । आफ्ना करतुतलाई हाँसीहाँसी उडाउने, पतिपरायण श्रीमतीलाई बेवास्ता गर्ने नैतिक र चरित्रहीन व्यक्ति हो । आफ्नो कर्तव्य (ड्युटी) लाई सकेसम्म छोट्याई नारीको सौन्दर्यमा आनन्दित हुन खोज्ने, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो (पृ.९०) भनी ठान्ने, बिनाकाममा अर्काको घरमा गइरहने, समाज परिवारको डर नमान्ने, नैतिकता, सामाजिक मर्यादा, पेशागत, व्यक्तिगत गुण नभएको चरित्रहीन घृणित र कामुक चरित्रको पात्र हो । पेशागत मर्यादालाई ख्याल नगर्ने खराब डाक्टरको प्रतिनिधित्व गर्ने खल पात्र हो । यो मुखमा राम–राम बगलीमा छुरा स्वभावको व्यक्ति हो ।
नाानीथकुँ
नानीथकुँ अष्टनारकी छोरी, शिव नारान, पुन नारान र हर्ष नारानीको बहिनी हो । भर्खरै १७ वर्षमा प्रवेश गरेकी यौवन पुष्टिएर ढकमक फुलेकी निम्नवर्गीय किसान परिवारकी सोझी अशिक्षित युवती हो । अनुहारमा सौन्दर्य, चेहेरामा हिसी परेकी शाहज्यादी (पृ.९) जस्ती छ । डाक्टर गोदत्तको देखावटी मुस्कान र सहयोगी भावनाबाट प्रभावित भई मन पराउनु, परिवारले गोदत्तको बारेमा टीका टिप्पणी गर्दा नराम्रो मानी गम्भीरतापूर्वक लिने, उसको प्रेममा पे्रमाप्वलित भई श्रद्धा, भक्ति, विश्वास गर्ने (पृ.२४), गोदत्तप्रति बढेको हिमचिमलाई परिवारले सहन नसकी गाली गर्दा भाव विÞवल भई उसैको पासमा जाने र सास भएसम्म पनि नछाड्ने (पृ.५६) कुरा व्यक्त गर्ने भावुक प्रेमिका हो ।
डाक्टर गोदत्तको वास्तविक देखावटी माया मात्र भएको, तीन छोराछोरी तथा श्रीमती भएको थाहापाएपछि डाक्टरप्रति रहेको प्रेमलाई त्याग्न सक्ने (पृ.८९), स्वास्नी मानिसको नाममा कलङ्किनी हुन तथा नारीत्व गिराउन नचाहने, आफ्नो परिवारको माया ममता र निर्देशनमा बस्ने, परिवारको निर्णयानुसार खुसी भई मधेसमूलको रामखेलवान राउतसँग विवाह गर्न राजी हुने गतिशील, कर्तव्यनिष्ठ, चरित्रवान पात्र हो । सुरुमा भावुक स्वभावकी नानीथकुँ रञ्जना शर्माबाट उचित सल्लाह र सुझाव पाइसकेपछि आफ्नो व्यवहार परिवर्तन गर्ने अनुकूल, गरिब किसानकी सोझी छोरीका प्रतिनिधित्व गर्ने वर्गीय सहयाक पात्र हो ।
रञ्जना शर्मा
उपन्यासको सम्पूर्ण भागमा नआएकी तर बीच भागमा आएर पनि घटना शृङ्खलालाई नयाँ मोड दिन सफल नारी सहायक पात्रको रूपमा रञ्जना शर्माको उपस्थिति रहेको छ । शर्मा डाक्टर गोदत्तकी श्रीमती, तीनवटा छोेराछोरीकी आमाको रूपमासमेत चिनिएकी छ । बनारस विश्वविद्यालयबाट आई.ए. सेकेण्ड ईएरसम्म पढेकी रञ्जना देवी (पृ.६३) शिक्षित नारी हो । आफ्नो लोग्नेको खराब आचरणका कारण फस्न लागेकी नानीथकुँलाई वास्तविक कुरा बुझाउने सत् पात्र हो । नारी कुनै वस्तु होइनन्, नारीले प्राकृतिक रूपमा प्राप्त गरेको सौन्दर्य कसैका लागि भोगाउन नभई यी सबै गुणहरूको आफ्नै महŒव रहेको (पृ.६४) भनी ठान्ने रञ्जना शर्मा हरेक मानवको हित गर्न नसके पनि नारीको गौरव, आत्मसम्मान, पहिचान भूमिका तथा नारी स्वतन्त्रताको वकालत गरेकी छ । एक नारीले अर्को पुरुषसँग बोलेको देख्न नचाहने हैकमवादी पुरुष समाजलाई आफ्नो लोग्नेले पाइलै पिच्छे स्वास्नी (पृ.५८) राख्न चाहेको दुष्कृत्यलाई र·ेहात पक्राऊ गरी सम्पूर्ण भोगवादी, कामुक पुरुषहरूलाई नङ्ग्याउने काम गरेकी छ ।
भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख दिएपनि वास्तविक सुख नारीको चरित्रमा निहित हुनाले पृ.५८) नारी हाँसेको ठाउँमा मात्र पुरुष हास्न सक्ने भएकाले नारीको मूल्यलाई घटाउने कोसिस गर्नु हुँदैन, नारीको अस्तित्व महŒव र गरिमालाई बढाउनु पर्दछ भन्ने विचारकी रञ्जना देवी नानीथकुँलाई हौसला र प्रेरणा दिन्छे । नारी अस्मिता, स्वतन्त्रता, आफ्नो पहिचान तथा नारी अधिकारको बारेमा खुलेर कुरा गर्ने आँटिली, साहसिली, दृढनिश्चयी, कर्तव्यपरायण, वाकपटुता भएकी मानव जातिको हित गर्न चाहने स्वाभावकी देखिन्छे । उपन्यासमा रञ्जना शर्माको उपस्थापनले पाठकलाई अझ आस्वाद्य बनाएको छ ।
यी चरित्रहरूबाहेक समाजमा विभिन्न बाहनामा तमसुक बनाई शोषण गर्ने (पृ.२७) तल्सिङ सुब्बा सुरमान, उसले रूपवती नानथकुँलाई प्राप्त गर्नको लागि चालेको कुटिल चाल, उसको मतियार रामबहादुर शोषक वर्गका प्रतिकूल चरित्र हुन् । त्यस्तै अष्टानारनका माहिला छोरा पुन नारान, कान्छो छोरो हर्ष नारान, लतमाया, शिव नारानकी श्रीमती हाकुमाया तथा छोराछोरी, माहिला तामाङ, उसकी छोरी पुतली, रामखेलवान राउत, रोपाइँ गर्न आउने अन्य श्रमिकहरू लगायतका पात्रहरूका माध्यमबाट उपन्यास यथार्थ र उत्सुकमय भएर आएको देखिन्छ ।
३. परिवेश÷वातावरण
आख्यानात्मक कृतिका पात्रहरूले कार्य गर्ने वा घट्ने निश्चित स्थानलाई देश, समयलाई काल र समग्र आन्तरिक वा बाÞय परिवेशलाई वातावरण भनिन्छ । कृतिमा घटित घटनाहरू कुनै शून्य ठाउँमा घट्न घट्न सक्दैनन् । ती घटना हुनाका लागि कुनै स्थान, समय तथा वातावरणले भूमिका खेलको हुन्छ । जसले कथावस्तु र चरित्रमा स्वाभाविकता र यथार्थता प्रदान गर्दछ । एक चिहान उपन्यासमा पनि परिवेशको यथोचित प्रस्तुत गरेको पाइन्छ ।
उपन्यासमा कार्याव्यापार भएका वा घटना घटेका प्रमुख स्थलहरूमा कठामाडौं तथा त्यहाँ वरपरको ठाउँ रहेको देखिन्छ । अष्ट नारानको मक्किएको÷पुरानो घर, डाक्टर गोदत्तको घर, अस्पताल, धान तथा अन्य बाली संरक्षणका लागि बेंशी फाँटको झुप्रो, तल्सिङ सुब्बा सुरमानको घर, माइला तामाङको डेरा देखि तराईको प्रस· पनि आएको देखिन्छ ।
उपन्यासमा प्रजातन्त्रको स्थापनाका लागि २००७ सालमा भएको जनविद्रोह (पृ.९५), विभिन्न बहानामा गरिब किसानहरूमाथि लगाइने करको व्यवस्था, किसानका दुःख व्यथा बिर्साउन रोपाइँमा मस्तसँग जाँड, रक्सी खाई (पृ.७५) रमाउने प्रचलन, गुठियार प्रथा, भएर नभएर पनि आफ्नो जाति र समाजमा मर्दापर्दा दान दक्षिणा दिने, भात भतेर खुवाउनै पर्नेे प्रचलन (पृ.२३), रोगीहरूलाई सकेसम्म वैद्य तथा कविराजबाट उपचार गराउने प्रचलन (पृ.३), विवाहमा नव दुलहीलाई गरिने स्वागत सत्कार, हिउँद तथा वर्षात्को समयलगायत उपन्यासका समग्र बाÞय परिवेश हुन् । उपन्यास सामान्य परिवेशबाट जटिल हुँदै अगाडि बढी कारुणिक अवस्थामा पुगी टु·िएको छ । साथै उपन्यासमा नानीथकुँ र डाक्टर गोदत्त बीचको द्वन्द्व एवं नानीथकुँको मनोद्वन्द्व, तल्सिङ सुब्बा सुरमान र शिव नारान बीचको द्वन्द्व पनि आएको छ ।
४. भाषाशैली
साहित्यको माध्यम भाषा हो । उपन्यास गद्य साहित्यिक विधा भएकाले यसमा गद्य भाषाको उपयोग गरिन्छ । गद्य भाषा पद्य जस्तो कृत्रिम नहुने भएकाले उपन्यासमा जनबोली अनुरूपको भाषा उपयुक्त मानिन्छ । अन्य विधाको तुलनामा उपन्यासले जीवन र जगत्को व्यापक पक्षलाई समेट्ने हुनाले यसमा भाषिक विचलनको प्रयोग पनि गरिन्छ । यद्यपि कवितामा जस्तो भाषिक विचलन भने गरिँदैन ।
अभिव्यक्तिको ढाँचालाई नै शैली भनिनछ । शैली लेखकको विशष्टि रूप हो । शैली साहित्यिक र भाषिक गरी दुई प्रकारका हुन्छन् । भाषिक शैली भाषाको प्रयोग र अभिव्यक्तिमा देखा पर्दछ । साहित्यिक शैली कृतिको समग्र प्रभावसँग सम्बद्ध हुन्छ ।
‘एक चिहान’ उपन्यासको भाषा जनबोली अनुरूपको सरल र सहज छ । उपन्यासमा घटित घटनाहरूको वर्णनात्मक प्रस्तुति रहेको देखिन्छ । नेपाली सामाजिक संरचना र व्यवस्थाका निम्नवर्गीय जीवन बिताउन विवश परिवारको जीवन्त चित्रण गर्ने क्रममा केही नङ्के, माचाछी, फोने, बीचाः उघाड जस्ता नेवारी शब्दहरूको प्रयोग भएको पाइन्छ । यस्ता केही शब्दहरूको प्रयोग भएपनि समग्रमा उपन्यासको भाषा सरल सहज र व्याकरणसम्मत छ । उपन्यासमा प्रयोग भएका केही उखान, तुक्का र सूक्तिहरूलाई निम्नानुसार प्रस्तुत गरिन्छ–
केही उखानहरू
“चौटा खान गएकी बुढी झोलमा परेर मरी” (पृ.२६), “न रहे बाँस न बजे बाँसुरी” (पृ.३६), “एक तिरले दुई सिकार” (पृ.४६), “जस्तालाई तस्तै ढिंडालाई निस्तै” (पृ.८४)
प्रस्तुत कृतिको अर्को महŒवपूर्ण पाटो यसको प्रस्तुतिमा देखिने सूक्तिमयता हो । सूक्तिहरू यहाँ विभिन्न स्रोतबाट आएका छन् र आफै निर्माण पनि गरिएका छन् । तिनमा प्रचुर अर्थघनत्व देख्न सकिन्छ ।
– “असार बिग्रयो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ” (पृ.१३)
– “चलाक मानिसको स्वार्थ र धुत्र्याइँ असल कुराकै भित्र लुकेको हुन्छ” (पृ.३८)
– “आफ्नो थैलीको गाँठो बलियो पार्नु साथीलाई दोष नलगाउनू” (पृ.३९)
– “टाउको फोरेर जोगाइ राखेको इज्जत पानी भएर नपोखियोस्” (पृ.५९)
– “बरु ज्यानमारादेखि डर छैन, साहुमारादेखि बच्न सकिन्छ तर मुसुमुसु हाँसीकन बिताउने हँसमारादेखि बच्न गाह्रो छ” (पृ.६१)
– “पसिनाको परिश्रम र बलिदानको नातामा संसरमा सबभन्दा ठूलो किसान हो” (पृ.८२)
केही साहित्यि भाषाको प्रयोग “चकोरले चन्द्रमा पाए झैं, चातकले वृष्टि पाए झैं कवि र कोइलीले वसन्त पाए झैं आनन्दित हुला” (पृ.३०) भेटिन्छ ।
५. उद्देश्य÷जीवनदर्शन
कुनै पनि सर्जकको रचना उद्देश्यविहीन हुँदैन चाहे त्यो ‘कला कलाको लागि’ भन्ने होस् वा ‘कला सर्जकका लागि’ भन्ने सर्जक होस् । पूर्वी तथा पाश्चात्य साहित्यका समीक्षकहरूले शैक्षिक, धार्मिक, नैतिक तथा आनन्द प्राप्तिलाई साहित्यको प्रयोजन मानेको पाइन्छ । उपन्यास पनि कुनै न कुनै उद्देश्य पूरा गर्नका लागि लेखिएको हुन्छ । उपन्यासकारले आफ्नो उपन्यासद्वारा पाठक सामु कस्तो सन्देश दिन चाहन्छ । उपन्यासको मुख्य समस्याहरू कुन–कुन हुन् तथा लेखकले त्यसको विवेचना एवं समाधान कुन ढ·बाट गरेको छ भन्ने कुरा विचारणीय हुन्छ । यहींबाट नै उपन्यासको उद्देश्य पहिचान गर्न सकिन्छ ।
‘एक चिहान’ उपन्यासको समिष्टगत अध्ययन गरी उद्देश्य पक्षलाई आँकलन गर्दा नेपालमा २००७ सालको जनविद्रोह, त्यसपछि प्राप्त प्रजातन्त्रिक पद्धतिसँगै विकास भएको पूँजीवादी व्यवस्थाले हुने खाने र हुँदा खाने वर्गको विकास भएको देखिन्छ । प्रजातन्त्र आएपनि शोषक र शोषणका विभिन्न स्वरूपहरू देखापरेका पाइन्छन् । समाजमा रहेका शोषण, दमन, अत्याचार, कुसंस्कार तथा अहितकर पक्षलाई आलोचना गर्दै प्रगतिशीलता हुन खोज्नु उपन्यासको प्रमुख उद्देश्य देखिन्छ ।
उँभो लाग्न नदिएर गतिरूद्ध गर्ने समाजका अहितकर कार्यहरू, दूषित तŒवहरू, अन्धविश्वास, शोषण र सामाजिक कु–प्रथाहरू अध्ययन गरेर तिनीहरूको विवेचना, आलोचना, गर्ने प्रवृत्ति विशेषलाई आलोचना भन्ने गरिन्छ ।
उपन्यास एउटा काठमाडौंको कुनै ठाउँमा बस्ने गरिब अष्ट नारानको परिवारको जीवनमा आइपरेका विविध समस्याहरू र तत्कालीन सामाजिक परिवेशबाट उद्देश्य निरूपण गर्न खोजिएको छ ।
बिरामी अष्ट नारानको उपचारमा तल्लीन परिवारको प्रयास असफल हुनु, मृत्युपछि दाहसंस्कारका लागि गुठियारहरूले उचित व्यवस्था गर्न नसक्नु बरु मरेको चारघण्टा भइसक्यो अझसम्म केही सुरसार भएको छैन भनी झर्कँदै, (पृ.२०), त्यस्तो विपत्ति आइपरेको बेलामा रमिते बनेर हेर्नु, देखावटी शोक र समावेदना प्रकट गर्नेहरु ओईरिनु दाहसंस्कारका नाममा खराब नियत राखी सहयोगी भाव देखाउँदै डाक्टरले ऋण दिनु, मानवीय संवेदनालाई भन्दा पहिल्यै पैसाप्रति मरितुल्य हुन,े पेशागत मर्यादालाई भन्दा भोग विलासलाई प्रशय दिने, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो (पृ.९०) भनी उनीहरूको कुमारीत्व लुट्न चाहने, विरामी जाँच्ने कोठालाई ह्रास लीला बनाउन चाहने डाक्टरको नीच र घृणित प्रवृत्ति , सयकडा पच्चिसको दरले बढाई गरिब किसानमाथि तमसुक (पृ.३३) गर्ने सामन्ती वर्गका कुकर्महरू तथा यी यावत सामाजिक विद्रूप पक्षलाई सकेसम्म यहाँ उछितो काढ्ने काम गरिएको छ । त्यस्तै अघिपछि नारीका सवालमा केही पनि नबोल्ने, अधिकारी दिन पनि वास्ता नगर्ने तर विवाह गर्दा गरिने अस्वाभाविक स्वागतको स्वाङ् र ढोंगी प्रवृत्तिलाई पनि खरो रूपमा आलोचना गरिएको छ । त्यस्तै राष्ट्रियता, राष्ट्रिय संस्कृतिको उत्थानको लागि अन्तरजातीय सम्बन्ध हुनुपर्दछ, दाइजो होइन त्यसको सट्टा कला र संस्कृति जोगाउने खालका सीप दिनुपर्दछ भन्ने प्रगतिशील भाव पनि उपन्यासमा आएको छ ।
एक चिहान उपन्यासमा पाइने प्रत्यक्ष र व्याङ्ग्यात्मक रूपमा आएका सामाजिक, कुरीति, कुसंस्कार, शोषक वर्गाको कु–कर्मप्रतिको आलोचनात्मक केही कथनहरू–
# “गुभाजुसुभाजु यस्तै अरु नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पथ्र्यो, फिस दिनु पर्दैनथ्यो मलाई त फिस दिनुपर्छ ।” (पृ.७)
# “ह्दयमा लेश पनि दया भएका मानिस होइनन् आजसम्म टोलका कोही बिरामीलाई मुफतमा हेरिदिएका पनि छैनन् ।” (पृ.११)
# “मर्दा नजिकका नाता, सम्बन्धीहरू रोएर बीचाः आउने प्रथालाई उनले बन्द गरिदिएका थिए ।” (पृ.२४)
# “सयकडा पच्चिसको दरले बढाई तमसुक लेखाएर लिने दानव आज एकाएक कसरी देवता भएर निस्क्यो ।”(पृ.३३)
# “सत्तरी होइन, साठी होइन सन्ताउन्न वर्षको भनेको त लोग्ने मानिसका लागि जवानीकै अवस्था हो ।” (पृ.४१)
# “अर्काको घरमा कतिदिन काम न काज आइरहने” (पृ.५१)
# “वर्ष दिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यहाँ फुर्सदले आज म तिमीलाई मनभरि पूजा गरुँला” (पृ.५७)
# “तपाईंको कस्तो बानी यो, के खुड्किलै पिच्छे स्वास्नी चाहिन्छ ?” (पृ.५९)
# “बिरामी हेरी छोरी मानिसहरूको सेवा गर्नका निम्ति तपाईं बिरामी कोठा खोलेर बसिरहनु भएको हो कि गालामा फुलेका तरुनीहरू फसाउन जालथापी रहनु भएको हो ?” (पृ.६०)
# “हामी स्वास्नी मानिस कुनै लोग्ने मानिको भोगका निम्ति जन्मेका वा सिर्जेका जीव होइनौं ।” (पृ.६४)
# “मैले एक–एक सुनी सकेँ तपाईँको यमुना तटमा बज्ने वंशीको धुन ?” (पृ.६८)
# “बाबु मरेको ६ महिना भएको छैन उसको यो लीला !” (पृ.७१)
# “स्वतन्त्रताको नाममा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिंडेको हेर्न चाहन्नँ ।” (पृ. ७२)
# “ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइनछ भने म पनि ज्यान थापुँला ।” (पृ.७८)
# “सुरमान सुब्बा एउटा धूर्त, बदमास बेवकूफ हुन् ।” (पृ.७९)
# “डोलीमा हाली ल्याएर ढोकामा रोकी अनेक स्वागत गर्दैमा स्वास्नी मानिसहरूले हाम्रो समाजमा के मान, मर्यादा र स्थान पाएका छन् ?” (पृ.९५)
# “किसानका सन्तानले आराम गर्नु पाप हो । शरीरमा एक थोपा मात्र रगत बाँकी भएपनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनु पर्छ ।” (पृ.१०२)
समग्रमा कृतिमा आलोचनात्मक पक्ष नै प्रवल देखिएको छ । नारीवादी दृष्टिको, अन्तरजातीय विवाहको स्थापना, राष्ट्रियता राष्ट्रिय संस्कृतिका सबालमा कृतिले प्रगतिशील विचालाई मजबुत गराउने काम गरेको छ । यति हुँदाहुँदै पनि विश्वसमाजवादी दृष्टिकोण र वर्गीय द्वन्द्वको सघनता पाइँदेन । गरिब गुरुवामाथि आइपरेका विविध समस्याहरू र उनीहरूमाथि हुने आर्थिक, मानसिक, शारीरिक शोेषणको सकेसम्म धज्जी उडाउनु उपन्यासको अभीष्ट देखिन्छ ।
६. शीर्षक
शीर्षकले कुनै पनि कृति भित्रको वस्तुतथ्यलाई सङ्केत गर्दछ । शीर्षक पात्रले खेलेको भूमिकाका आधारमा, घटित घटनाका आधारमा तथा परिवेशका आधारमा राख्ने गरेको पाइन्छ । शीर्षक राख्दा अभिाधात्मक, प्रतीकात्मक एवं व्याङ्ग्यात्मक रूपमासमेत राख्ने गरिन्छ । प्रस्तुत उपनयासको ‘एक चिहान’मा आएका ‘चिहान’ शब्दले मरेको मान्छे गाड्ने ठाउँ, मुर्दा जलाउने ठाउँलाई जनाउँछ । उपन्यास अष्ट नारानाको परिवार आफ्नो जीवीकोपार्जनका क्रममा संघर्ष गर्दागर्दै तीन दिनदेखि अबिरल वर्षाका कारण बेंशी खेतमा रहेका शिव नारान, उनकी श्रीमती तथा दुई छोराछोरीलाई बाढी आई बगाएर लगेको र अर्कोतर्फ घरमा रहेका लतमाया, हर्ष नारान, पुन नारान, सुन्तली लगायतका सदस्यलाई बाढीले घर बगाउँदा घरमा थिचिएर सबैको मृत्यु भई सबैको एकै चिहान भएको देखाई यसै घटनाका आधारमा उपन्यासको शीर्षक राखिएको छ । शीर्षकले गरिब किसानहरूको संघर्षलाई सफल हुन नदिई नियतिले समेत ठग्नेतर्फ सङ्केत गरिएको छ ।
७. निष्कर्ष
माथिका विश्लेषणका आधारमा ‘एक चिहान’ उपन्यासमा निम्नलिखित निष्कर्षहरू देखिएका छन् ।
१. यो ह्द चन्द्र सिंहको दोस्रो तथा अन्तिम उपन्यास हो । यसको सर्वप्रथम (२०१७) मा प्रकाशन भएको देखिन्छ भने दोस्रो परिमार्जित रूप (२०६७) मा प्रकाशन भएको देखिन्छ ।
२. यो मूलतः काठमाडौंको गरिब ज्यापू परिवारको समस्या तथा नियतिमा केन्द्रित रहेपनि समग्रमा गरिब परिवार को अवस्था र दुर्दशाको झल्को दिएको छ ।
३. प्रधानको अघिल्लो उपन्यास ‘स्वास्नीमान्छे’मा देखिएको आलोचनात्मक धाराको निरन्तरतामा आएको देखिन्छ । यसले समाजमा देखिएका विविध आर्थिक, मानसिक, शारीरिक शोषणका अतिरिक्त रुढिवादी परम्परालाई झल्काएको छ ।
४. उपन्यासले ग्रामीण परिवेश झल्किने गरी भाषिक लवजहरू, सामाजिक रहनसहन र संस्कृतिलाई पनि टिप्ने प्रयास गरेको छ ।
५. उपन्यास घटना चित्रणमाभन्दा बढी व्याख्यात्मकतातर्फ केन्द्रित भएको छ ।
६. उपन्यासले नारी स्वतन्त्रताको वकालत, जातजातिहरू बीचको एकता, राष्ट्रियता, संस्कृति सम्बद्र्धन, किसानहरूको कर्मप्रति सद्भाव, अन्तरजातीय विवाहको स्थापना र सामाजिक अस·तिहरूलाई सकेसम्म आलेचना गर्नु उपन्यासको सबल पक्ष देखिन्छ भने घटनालाई चित्रणमाभन्दा व्याख्यामा जोड दिनु, प्रगतिशील विचार राखेर पनि नियतिमा लगेर टुङ्ग्याउनु र पूर्ण रूपमा प्रगतिशील हुन नसक्नु उपन्यासको कमजोर तथा दुर्बल पक्ष रहेको देखिन्छ ।
सन्दर्भग्रन्थ सूची
थापा, हिमांशु, (२०६६), साहित्य परिचय, ते.सं. काठमाडौं ः साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५८), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, दो.सं. ललितपुर ः साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव, (२०६५), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्पारा भाग–२, पा.सं. ललितपुर ः साझा प्रकाशन ।
प्रधान,ह्दयचन्द्रसिंह्र, (२०६७), एक चिहान, दो.सं. काठमाडौं ः साझा प्रकाशन ।
शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना ः सिद्धान्त र प्रयोग काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
सुवेदी,राजेन्द्र, (२०६४), नेपाली उपन्यास ः परम्परा र प्रवृत्ति, दो.सं. काठमाडौं ः साझा प्रकाशन ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)