कविता : सम्बन्धहरुको समापन

~सुजन बुढाथोकी ‘कान्छा’~

फिज्ममा राखेर चिसिएका
समानहरु झै
अनायासै किन चिसिए आज
हाम्रा समबन्धहरु !

मैले सोचे थे
प्यारको आग बालेर
उपहारमा तिमिलाइ
सुगन्धित रागहरु दिउला
तर अफसोच,
समयको बतास,आधी भएर आयो
र निभायो हाम्रा सम्बन्धहरु
सेलाएको चिसो पानी झै
अनि बनायो खरानी
हाम्रा सम्बन्धहरुलाइ

फिज्म राखेर चिसिएका
समानहरु झै गरेर
अनायासै आज चिसिए
हाम्रा सम्बन्धहरु !

पैलापैला कति धेरै तात्तिएका थिए
हाम्रा सम्बन्धहरु
म मैन हुदा तिमी आगो भएका थियौ
र त ततायौ कयौ रातहरु ।
कति रङ्गिए आगनहरु
र कति बालिए हामिहरुलाइ
बिजयउत्सब र उमङ्गहरुमा
बिस्तारै म पग्लिए
र बिस्तारै तिमि टाढियौ
म बाटै,
मेरो अस्तित्वबाटै
तिमी आगो भएर पनि यार मसङ्ग चिसियौ
ए तिमिलाइ याद छ त्यो रात ¡
सबैभन्दा तातो तिमी थियौ ।

र त ततायौ कयौ रातहरु
खुवायौ पकाएर भातहरु
के तिमिलाइ थहा छ
म अगेनो हुदा
तिमी चुलो भएका थियौ

तर,अब हाम्रो रहरको चुल्हो कैले पनि बल्दैन
तर,अब हाम्रो घरको अगेनो कैले पनि जल्दैन
मैले सोचे जिवनभर हामि त्यसैगरि तातै रहुला
र प्रेमिल धुवाहरु उढाउला
तर,अफसोच ऐले हेमन्तशिर्शिरमा
खुल्ला आकासको
शीतलहर परेर एकसाथ अनिकालमा झरेर
सर्बहाराको घरमा निबेको चुल्हो झै गरि
खै के मिस्सिए मिस्सिए
र चिस्सिए हाम्रा सपनाका स्टोबहरु
चिस्सिए मनन्च्यासे
पेटहरु
बचाइराख्न
दौडिए हाम्रा दाजुभाइका भोकहरु
प्रेबेशद्वारको गेटबाट भारतको बाटोहुदै
र फैलिए यो देससङ्गै गरिबिका दुर्गन्धहरु
फ्रीज्मा राखेर सेलाइएका सामानहरु झै
सरकार चिस्सिए हाम्रा सम्बन्धहरु ?

हो चिस्सिए हाम्रा सम्बन्धहरु ।
मैले सोचे थे,
तिम्रा स्मृतिहरुमा
मेरो मातृभुमिमा
म अबिस्मरणिय भएर उभिउला
र जब म
जमिनमा मेरा कसिला पैतालाहरु टेकेर
उभो उभिरहेको थिए
तर अफसोच,
यो समाज
भुइचालो भएर आयो
र लढायो मलाइ
र तिमी त्यही समाचार सुनेर
अनायासै हरायौ
त्यहि समाजमै
र भुलियौ
त्यही भुइचालोसङ्गै।

तिम्रा ती राता ओठ चुमुला
मैले सोचेथे तिमिलाइ
फ्लावर बनाएर म बटर फ्लाइ बनुला
र पछि बिस्तारै तिमी
मेरो रहरले फुल पनि भयौ
र भमरा भए
तर,अफसोच
ती बगैचाका ढोकाहुदै तिम्रो दिलको द्वारमा
म आउनु अघिनै
मान्छेहरुले तिमिलाइ चुडिसकेको थियो ।

मैले सोचेथे सरिता, सुर्य भएर
म तिमिलाइ तताउला
र तिमिलाइ मेरो आकासमा सजाउला
तर,अफसोच
बादल मेरो आखै अघाडी आएर बसिदियो
र ढाकिदियो मेरा हरेक अङ्गहरु ।

तिमि पानी न थियौ
यसैले उभो फर्कियौ
तिम्रो के दोष ?
कसैले भाडोमा राखेर तिमिलाई
मुनिबाटै आगो लगायो
र त तिमी उम्लियौ !
माथीमाथी छछल्कियौ
र भुइमा पोखिएरै सकियौ

जति जति तिमिलाई भेट्ने अबिलाषा राखिरह्ये
उतिउति तिमि म बाट टाढा टाढा गयौ ।
जब आकासबाट खसाएर
इस्वरले पृथ्बिमा पढाइदियो
मलाइ बिस्वास थियो
तिमिलाइ देख्ने पाउने र भेट्ने
जति जति तिमिलाई भेट्ने अबिलाषा राखिरह्ये
उतिउति तिमि म बाट टाढियौ
र म आउनु अघाबै
मेरा यादहरुमा
मेरा दिमाखहरुमा
तिमी बाफ भएर उढिदियौ
र बसिदियौ फेरि त्यही आकासमा गएर
तर मलाइ के थहा त्यो मिराज हो भनेर
के तिमिलाइ थहा छ ?
तिमिलाइ मैले कति सम्झिए
के तिमिलाइ थहा छ !
बगरमा आएर म कत्ती तड्पिए
जुनबखत तिम्रो प्यासमा
म मृग भएको थिए ।

र अन्तत मैले सोचे थे,तिम्रा लागि
म यो जगतकै एक आकर्षक ब्यक्तित्व बनुला
तर अफसोच,
यो दुनिया मेरो अगाढि चुम्बक भएर उभियो
खिया लागेका कवाडी
बेकामका फलामहरु झै गरेर
बिस्तारै खिइए म
र बिस्तारै सकिए हाम्रा सम्बन्धहरु ।

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.