~नविन ध्यार~
कोहि संग बोल्दै गर्दा
मेरो मानसपटलमा
बाल्यकालको
एउटा यस्तो परिवेशको याद आउँछ ।
बर्षा याममा
गोधूली ढल्किदै गर्दा
बादलले सक्लो आकाश छोपेको हुन्थ्यो
अनि
कुहिरो झ्यालबाटै भित्र पसरे
नजिकका बस्तुहरुको सामीप्यता घट्दै हुन्थ्यो
हजुरबाले
समाचार सुन्दै गरेको
रेडियोको सिग्नल हराएर
स्वआsssss गर्दैगर्दा
मेरा कान डम्म पर्थ्य ।
कस्तो निरस
कस्तो सन्ताप
विल्कुलै शून्य ।।
नविन ध्यार
वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
एम्.बि.बि.एस.
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )