कथा : चिकित्सकको बाबु

~भीम राई~

‘मम्मी ! बाई बाइ !’

थरथर काप्दै उसको मुखबाट निस्केको एउटा अस्पष्ट शब्द हावाको गतिसँगै उडिरहेको थियो । शब्दले राम्ररि पुर्णबिराम लिन नपाउदै आफ्नो प्यारी मम्मीलाई गर्ल्याम्मै अङ्गालो हाल्यो । पाँचसेकेण्ड जति अङ्गालोमा बाँधियो, त्यसपछि छुट्टि हाल्यो ।

घरको भुइतलामा काठका फल्याकहरु बिछ्याइएको थिएँ । तिनै काठमाथि टेक्ता निस्केको टकटक आवाजसँग सँगै निरजका कदमहरु केहि अगाडि बढ्यो । घरको मुलढोका नजिक पुग्यो र घन्द्रङ्ग ढोका खोल्यो ।

ढोका खोलेर घरदेखि बाहिर निस्कदा उसको दाहिने काँधमा भिरेको सानो ल्यापटपको झोलाले एकाध लिङ्गे पिङ खेलिरहेको जस्तो आभाष हुन्थ्यो । त्यै पनि उसले त्यो झोलालाई खासै वास्ता गरिरहेको देखिएका थिएनन् । तर, उसको देब्रे हातले कारको चाँबी कक्रकै समातिरहेको मैले नजिकैको दुरिदेखि गिध्दे दृष्टि लगाइरहेको थिएँ ।

हाम्रो घरको ठिक बायाँतिर जेम्स सडक पर्दथ्यो । तीनै सडक किनारमा निरजको कार मज्जाले आराम गरिरहेको थियो । ऊ बिगत पाँच बर्षदेखी तीनै कारबाट काममा जाने र आउने गरिरहेका थिए । उसले काम सुरु गरेदेखि बचाएको पहिलो तीनमहिनाको वेतनले खरिद गरेको त्यो नै उसको जीवनको पहिलो कार थियो । तर जति जति उसको टाउकोको केस पाक्दै गइरहेको थियो, कारको उमेर पनि उसको उमेरसँग सँगै ढल्कदै जाँदै थियो । र, कारले अस्ति भर्खरै मात्र दशौं बार्षिकी मनाएर एउटा इतिहास खडा गरिसकेको थियो ।

निरज कछुवा गतिमा हिडेर कारको नजिकै पुग्यो । त्यसपछि ढोका खोलेर भित्र पस्यो । भित्रपस्ने बितिक्कै खटट कारलाई स्टार्ट गरयो । मनभरि एकमुरि पिरको भारि बोकेर म तिनै सडकको पेटिमा उभिरहेको थिएँ । र, उसले घर छाडनै लागेको बिरमाइलो दृश्य नियालि रहेको थिएँ ।

लिभरपुल छाडेदेखी कामको सिलसिलामा उसले म्यानचेस्टर, बर्मिङघाम, वुस्टर र कभेन्ट्रिमा पटक पटक डेरा सारिरहेको गन्दा पाँच बशन्तहरुलाई बिदाइ गरिसकेको रहेछ । म कारको नजिकै उभिएर दुवैहात कम्बरमा राखें र उसको बिषयमा केहि सोच्न थालें । खै ! अझै कति बशन्तहरु यसरि जानेहुन् ? तर त्यसपटक चाँही ऊ ‘जोन रेडक्लिफ अस्पताल, अक्सफोर्ड’ सर्नै लागेको थियो । तर के गर्ने ? बर्तमान परिस्थिति पहिलेको जस्तो थिएन । बिलकुल फरक फरक थियो ।

गत डिसेम्बर महिनादेखी वुहान, चिनमा उत्पन्न भएको कोरोना भाइरसले बेलायत पनि अछुतो रहन सकेको थिएन । र, तीनै भाइरसलाई बशमा ल्याउन अर्को हप्ता देखी पुरै बेलायत लकडाउनमा जादै थियो । भाइरसले स्पेन र इटालीमा मरेका मानिसहरुको लाशको पहाडलाई ब्यबस्थित गर्न हम्मे हम्मे परेको टेलिभिजनको पर्दामा देख्दा मेरा आङ्ग जिरिङ्ग हुने गर्दथ्यो । सारा मानब जीवनको तहसनहस पार्ने त्यस क्रुर भाइरसले चिनदेखि इटाली सम्मको चिकित्सकहरुलाई सबैभन्दा पहिले मृत्युको काखमा पुरयाएका थिएँ ।

‘अब भाइरसले कस्को आँशु छचल्किएर पहिले पोखिने हो ? बाबु, आमा कि छोरा ?’

हिजोदेखि मेरा हृदयभित्र तीनै अनुतरित्त प्रश्नहरु बर्सिरहेका थिएँ । साच्चै ! समय कति बलवान हुनेरहेछ । कुन समयमा र कहाँदेखि कस्तो हुरि बहन्छ, कसैलाई पत्तै हुदैन रहेछ । अनि त्यसबेलाको समय भनेको मानिसदेखी मानिस डराउने समय आइरहेको थियो ।

निरज कार हिडाउनको लागि तयार हुँदै थियो । तर, उसले कार हिडाउन भन्दा पहिले मलाई करके नजर लगाएर एकझलक हेरयो । म त्यसबेला कुन शब्दले अन्तिम बिदाई गर्नेहोला भनेर थोरै शसँकित मुद्रामा थिएँ । अब हाम्रो फेरि भेट होला कि नहोला भन्ने मनभित्र त्राश उत्पन्न भइरहेको थियो ।

म स्वभावैले बोलक्कड मान्छे थिएँ । तर, त्यसबेला जिन्दगीमा प्रथमचोटि मलाई शब्दहरुको ठुलो खडेरि लाग्यो । उसको हेराइले हाम्रा नयनहरु धेरैबेर सम्म सँगसँगै रहन सकेनन् । त्यसैले मेरो टाउकोलाई सुस्तरि दाहिनेतिर घुमाइ दिएँ । बिहानभरि परेको सिमसिमे पानीले भिजेको ‘हार्डविक हिलको’ चुचुरोमा जुन टुप्लुकै उदाइरहेको देखें ।

अरुबेला म जुनलाई प्रेम गर्थे । जुन उदाएको हरेक बेलुकि बैठक कोठामा बसेर त्यसको रमिता हेर्ने गर्दर्थे । हाइल्याण्डर सिङ्गल माल्टको चुस्कीसँग घण्टौ समय बिताउदथे । मदहोस भएपछि तिम्रो सुन्दर बक्षस्थलमा मानिसले टेकिसकेका छन् भनेर गौरबको साथ जुनलाई भन्ने गर्दथे । तर, त्यसबेलुकि मलाई त्यो पापी जुनले केहि आकर्षण गर्न सकेनन् । जुनको मुस्कानसँग घिन लागेर आयो । मनभित्र ठुलो बितृष्णा पैदा गराइ रह्यो ।

त्यस्तो पापी जुनको दृश्यदेखी मेरो टाउकोलाई सर्लक्कै दायाँ फर्काइ दिएँ । मेरा तृप्त नयनहरु भान्साकोठाको झ्यालमा पुगेर ठोकियो । भान्साकोठाको झ्याल बङलङ्गै दुइतिर खोलिएको थियो । त्यँही झ्यालदेखी सिम्मा बाबु र छोराको मज्जाले रमिता हेरिरहेकी थिइन ।

गोधूलि साँझको फुरुरु हावाले झ्यालको पर्दा सरर हल्लिरहेका देखिन्थे । त्यसबेला मलाई सिम्माको टाउको र झ्यालको पर्दा एकअर्कामा लुकामारि खेलिरहेझै आभाष भयो । तर, उनको त्यो दर्दनाक हेराईले मलाई कति पिडा दिइरहेकी छिन भनेर बिचरी सिम्मालाई के थाहा होला ?

बानबुरिको मौसमको अँध्यारो पछयौरीले सडकलाई गर्ल्याम्मै ढाक्न थालेको थियो । तर सडक किनारको बत्तिहरुले प्रातकालसँग जुहारि खेल्न कोशिस गरिरहेको थियो । बत्तिको प्रकाश कारभित्र छिरि सकेका थिएनन् । त्यसैले अध्यारोमा निरजको शरिरको झिनो स्वरुप मात्रै मेरो आँखा सामन्ने नाँचिरहेको थियो ।

म त्यसबेला सम्म सडक किनारमा एक्लै उभिरहेको थिएँ । अरुबेला खुरुरु साइकल कुदाइ हिडने अङ्ग्रेजका स-साना नानीहरु मार्था, जोन, डेभिड र मिसाएल महामारिको डरले घरदेखि बाहिर निस्कन छाडिसकेका थिएँ । नत्रभने कठङ्ग्रिदो बेलायती हिउँदले बिदा लिएपछि उनीहरुले सडकमा हरेक बेलुकि उधुम मचाउने गर्दथे ।

अस्तिको दिनदेखी बेलायतमा मार्च महिना भित्रिएको थियो । मार्च महिनाले रुखबिरुवा एबम बनस्पतिका कलिला पात र मुनाहरुलाई आत्मियताको साथ स्वागत गरिरहेका यत्रतत्र देख्न सकिरहेको थियो । तर, त्यति राम्रो मौसमको आशामा बाँचेका बेलायतीहरु बिश्वभरि फैलिरहेको कोरोना महामारिको त्राशदिले, ‘खाउभने ठेक्कै कान्छा बाबुको अनुहार’ भइरहेका थिएँ ।

‘ड्याडि ! आखिर म जानैपर्छ, बरु म गए है ?’

निरजले म तर्फ हेरेर अन्तिम चोटि बिदा माग्यो । सडकमा झनझन साँझ छिप्पिदै गइरहेको थियो । कार भित्रका मानिसलाई चिन्न निक्कै कठिन हुन थालिसकेको थियो । छोरा सानो छँदादेखि सुनेको त्यो हिमचिमको अन्तिम आवाज मलाई अति कर्णपृय लागिरह्यो । प्रत्युत्तरमा म त्यति धेरै बोल्न सकिरहेको थिइन । त्यसैले दाहिने हात उठाएर भने, ‘छोरा ! आफु बाँच्नु र अरुलाई पनि बँचाउनु है ?’

मेरो शब्द राम्ररि हावामा बिलिन हुन नपाउदै फोर्ड, फिएस्टाको दायाँपट्टि सङ्केत बत्ति बल्न थाल्यो । बिस्तारै चक्का गुड्यो र कारले आफ्नो गति क्रमश: अगाडि बढाइरह्यो । मैले राम्रोसँग सास तान्न पाउदा नपाउदै कार साउथाम सडकमा मिसिहाल्यो । केहिबेर अगाडि सम्म पापी जुनलाई गालि गरिरहेको थिएँ । त्यसबेला तीनै जुनको सहायताले फिएस्टालाई अनबरत नियालि रहें । निमेषभरमा फिएस्टा बानबुरीको बजार भित्र बिलय भईहाल्यो ।

थोत्रो फिएस्टाले सडक किनारमा मलाई एक्लै छाडि राख्यो । म आफ्नै घरबाहिर बाटो हराएको एउटा अर्ध पागलझै बनेर एक्लै उभिरहें । केहिबेरमा चहकिलो बत्तिको प्रकाश छर्दै एउटा गाडि मेरो सामुन्ने आएर टक्क रोकियो । बत्तिको चम्किलो प्रकाशले चालकलाई राम्ररि ठम्याउन सकिरहेको थिइन । तर, उसले गाडि रोक्ने बितिक्कै झ्याल खोलेर –

‘मेरो साथि ! अबस्था मानिसहरुले सोचेको भन्दा निक्कै नाजुक भएकोछ । कोभिडको बिमारिहरुले होर्टन अस्पतालको बिस्तारा पुरै भरिसकिएको छ ।’

नयाँ रेन्जरोभरमा आएको डा. जोन फ्रान्सिस मेरो पल्लो घरको छिमेकी हुन । र, उनी हर्टन अस्पतालमा सिनियर कन्सल्टेन्टको काम गर्दथे । उसको मुखबाट निस्केको करुणामय स्वरले मेरो मनभित्रको सागरमा ठुलो ज्वारभाटा मच्चिन थाल्यो । किनभने मैले भर्खरै छोरोलाई आफ्नो कर्तब्यपथमा लम्किरहन है भनेर बिदाई गरेको थिएँ ।

समयले नेटो काटिरहेको थियो, ‘घरभित्र पस्ने होइन ?’

सिम्माले छाडेकी उराठिलो स्वर बरालिदै मेरो कानको जालि नजिक पुगेर ठोकियो । म त्यसबेला भयानक ठूलो त्रासदिको भुँमडिमा डुबिरहेको थिएँ । उसको स्वर सुनेपछि आत्मबिश्वासको साथ घरभित्र पसें । अनि मनमनै सोचें, ‘संसारमा हुने हरेक चिजहरु क्षणिक हुन्छन्, र कुनै न कुनै दिन कोरोनाको पनि कसो अन्त्य नहोला ?’

घरभित्र पसेर सिम्माको थकित अनुहारलाई राम्ररि पढें । मेरो भित्रिमन उनीसँग केहि बोल्न खोजिरहेका थिएँ । तर, उनको फुङ्गै उडेको अनुहार देखेर मेरा ओठहरुलाई तालाचाँबी लगाइदिएँ । त्यसैले केहि नबोलि थपक्कै एउटा कुर्सि तानेर बसें । म त्यसरि कुर्सिमा बस्दा उनी मेरो ठिक बिपरित दिशामा बसिरहेकी थिइन ।

‘अब छोरासँग भेट हुन्छ कि हुदैन होला ?’

आँखाको नानीहरु गोलभेडा भन्दा राता राता बनाइन र मेरो बायाँ छाँतीमा उनले पहिलो धनुषबाँण प्रहार गरिन ।

‘खै म पनि के नै भन्न सक्छु र ?’

जस्तो प्रश्न आएको थियो, उस्तै जबाफ फर्काइदिए । अझ छोरा चिकित्सक हुदाँ सबैभन्दा बढि प्रसन्न त सिम्मानै भएकी थिइन । तर कसलाई थाहा हुँदोरहेछ र ? ‘हरेक सुखको अन्त्यमा पीडाको भारि हुनेरहेछ,’ भन्ने ।

मलाई किनकिन सिम्मासँग गलबाजि गरिरहन मन लागेको थिएन । त्यसैले उनलाई भान्साकोठामा एक्लै छाडिराखें । त्यहाँदेखि निस्केर म बैठक कोठामा पुगें । निसबन्द अँध्यारो बैठक कोठा भूतबङ्गला जस्तै देखिएको थियो । सबैभन्दा पहिले टेक्कै बत्ति बालें । र, दुवैहात गालामा राखेर थपक्कै सोफामा बसें ।

बायापट्टि कुनामा एउटा पुरानो डेनम रेडियो थियो । आक्कल झुक्कल बज्ने त्यो रेडियोमा मेण्डरिन भाषाकी गायिका टेरेसा वङ्गको ‘म तिमीलाई अशाध्यै माया गर्छु,’ भन्ने गित बजाए र छोराको आकर्षक अनुहारलाई सम्झन थालें । रेडियोको ठिक सामन्ने एउटा ठुलो तस्बिर सङ्ग्रहको पुस्तिका थियो । त्यसलाई खोलेर हरेक पानामा मज्जाले नजर लगाउन थालें । जहाँ निरज जन्मेदेखि तीसौ बार्षिकी मनाइन्जेल सम्मको तस्बिरहरु कैद गरिएर राखिएका थिएँ ।

म मदहोस पागलझै बने । केहि लामो समय सम्म उसको तस्बिरहरु नियालि रहें । बानबुरिको कोलाहलमय सुनसान रात छिपिदै छिपिदै जादै थियो । तस्बिरले छियाछिया बनाएका दुखि आत्मा लिएर बिस्तारामा ढल्किनको लागि भर्याङ चढेर तलामाथि निस्कें । किनभने, ‘आखिर तस्बिर तस्बिर नै हुन्छ, त्यो जतिसुकै पृय भएपनि आवाज बिहिन हुन्छन्,’ भन्ने मलाई लागिरहेको थियो ।

निरजले घर छाडेको दुईहप्ता भइसकेको थियो । बेलायतमा दिन दुई गुणा, रात चौ गुणा मानिसहरु मर्नेक्रम चलिरह्यो । छोराको मायाले सिम्मा बाटो भुलेको एउटा निमुखो जनावरको बच्चाझै बनीरहेकी थिइन । अनि मैले त्यो खङरङ्ग परेको उनको निर्बल, निष्कृय र मधुरो अनुहारलाई हरेक साँझबिहान जीवन दिइरहनु परेको थियो ।

अर्को हप्ता बिहिबारको दिन थियो । आठबजे बेलुकि हामी घरको मुलढोका बाहिर निस्क्यौ । र, बेलायती ‘राष्ट्रिय स्वस्थ सेवाका’ कर्मचारीहरुलाई सम्झेर तालि बजायौ । त्यसदिन देखि हरेक बिहिबार बेलुकि आठबजे सबै छिमेकिहरु सँग एनएचएसका कर्मचारिहरुले आफ्नो जीवनलाई जोखिम मोलेर राष्ट्रको सेवा गरेकोमा तालि बजाएर उच्च मुल्याङ्कन गर्न पर्दथ्यो ।

दिन, हप्ता र महिना क्रमश: बित्दै गएँ । चार महिनापछि सिम्माले आफ्नो पृय छोरालाई भेटने असाध्यै रहर गरिन । जुलाईको पहिलो सप्ताहन्तमा हामी अक्सफोर्डतर्फ लागेका थियौ । बेलायति ठुलो बाटो ‘एम ४०’ मा पुगेको मात्र थियौ । मोटरले किच्याएर मारेको एउटा फ्याउराको बच्चा हाम्रा अगाडि देखा परयो । मरेका फ्याउरा देखेर अनुहार कच्याकुचुक बनाउदै सिम्मा बोल्न थालिन ।

‘मानिस र जनावरको जिन्दगी कति फरक छ हगि ?’

केहि सोचबिचार नगरि उनको मुखदेखि फ्याट्ट निस्केको त्यो शब्दले मेरो हृदय थोरै कमजोरि बनाइदियो । किनभने तिनै फ्याउराको बच्चा जस्तै हाम्रो पनि एउटा हुर्किसकेको बच्चा थियो । तिनै हुर्किसकेको बच्चा हाम्रो आशाको धरहरा पनि थियो । जस्लाई भेटन हामी समयको बिरुध्द बाटोमा गुडिरहेका थियौ । तर, अचानक बाटोमा देखिएको मृत फ्याउराको बाबुलाई सम्झेर म केहिबेर भावुक बनिरहें ।

त्यसदिनको मौसम ज्यादै सफा थियो । चिल्टर्न पर्बतदेखि उदाएको सूर्यले दुई टाङ्गो यात्रा गरिसकेको थियो । सूर्यको गतिसँग सँगै हामीले आँधाघण्टा यात्रा पुरा गरयौ । त्यसपछि, ‘१० नोवल सडक, अक्सफोर्डको’ ठिक सामुन्ने पुगेका थियौ । तीनै घरमा इटालियन डा. पाब्लो पियानो र ग्रिक नर्स उरानिय हाटसिउसँगै हाम्रो छोरोले डेरा गरेका थिएँ ।

मैले निरजको डेराभन्दा थोरै टाढा मोटर रोकें । सिम्माले छोराको लागि बनाई दिएका खानेकुरोको पोको लगेर ढोकाको ठिक अगाडि राखिदिइन । त्यसपछि, उनी फर्केर मोटरभित्र आइन । उनी मोटरभित्र छिर्ने बितिक्कै मैले छोरालाई फोन गरेर हामी बाहिर आइपुगेको जानकारि गरें ।

बेलायती लकडाउनले चार महिनासम्म बढेर बसिष्ठ ऋषीको जस्तो केस, नाक र मुख जम्मै ढाकेका सर्जिकल मास्क र हातमा निलो पन्जा लगाएर छोरा उसको डेरादेखि बाहिर निस्क्यो । खङरङ्ग घटेर लुते भएको छोरोले त्यँही ढोकाको नजिकै उभिएर हामीसँग फोनमा कुरो गर्न थाल्यो ।

‘छोरा ! यस्तो दिन पनि आउने रहेछ हगि ?’

मलाई उछिन्दै सिम्मा पहिले बोल्न थालिन । हामीले त्यसबेला कारको स्पिकर फोन प्रयोग गरिरहेका थियौ । आफ्नै छोरासँग प्रत्यक्ष भेटेर बोल्न नपाउदा सिम्माको अनुहारमा कालो बादल मडारि रहेको स्पष्ट देख्न सकिन्थ्यो । तर, उनले छोरासँग बोल्ने क्रममा पटक पटक आँखाका ढकनिहरु बन्द गर्दै खोल्दै गरिरहेकी मैले नजिक बाट नियालिरहेको थिएँ ।

उनको गहभरि आँसु थियो र हरेक शब्दहरुसँग आँसुका थोपाहरु मिसिरहेको हुन्थे । मैले केहिबेर पछि तरल तरल उनको नयनहरु रगताम्य देख्न थालेको थिएँ । अनि क्रमश: छचल्कियर पोखिएका उनका आँसुका थोपाहरु गलाको पछ्यौरिमा बिश्राम गर्न थालेका थिएँ ।

सिम्माको त्यो ब्यबहारले मलाई हल्का बृस्मिति पैदा गराइ रहेको थियो । सायद उनलाई थाहा नहुन सक्छ, ‘सबैभन्दा ठूलोकुरो भनेको त आखिर जिन्दगी नै हो ।’ जीवन र जगत छ, त्यसैले गर्दा हामीछौं । नत्रभने मरेपछि त सकिहाल्छ नि । त्यसपछि जिन्दगी केवल फगत एउटा सुकेको काठका मुढा जस्तै त हो । अनि मृत्यु कति दुष्ट, निर्दयी र पापी हुँदो रहेछ । यीनै कोरोनाको कारणले ज-जस्ले आफन्तहरु गुमाइसकेका छन् । उनीहरुलाई परेको ब्यथाको पिर मलाई राम्रैसँग थाहा थियो । उनीहरुको ‘आँसुको भाषा’ मैले मज्जाले बुझिसकेका थिएँ ।

यदि उनले भनेझै छोरालाई नजिकदेखी भेटेको भए त्यो एउटा जोखिमपुर्ण निर्णय हुनेथियो । किनभने, उसको फ्लाटमा बस्ने साथिहरु जेआर अस्पतालको ‘कोभिड बिभागमा’ काम गरिरहेका थिएँ । त्यहाँको कोभिड बिभागमा हरेक दिन नयाँ बिमारिहरु थपिरहेका हुन्थे । त्यसरि दिनहुँ नयाँ बिमारिहरु आउँदा उनीहरुले पुराना बिमारिहरुलाई हरेक दिन गुमाइसकेका हुन्थे । प्रत्येक दिन त्यहाँ घटने त्यस्तो पिडादायक घटना छोराले हामीलाई सुनाइरहदा ऊ आँसुको सागरमा डुबिरहेका थिएँ ।

तर अन्तमा, ड्याडी ! घर आउन एकदम रहर लागिरहेको थियो । अनि सुन्नोस न म हप्तामा दुई-तीन चोटि ‘फोसकोट’ निजि अस्पताल बानबुरि जाने गरिरहेको छु । र, त्यहाँ जाँदा हाम्रो घरको अगाडिदेखी जानुपर्ने हुन्छ । त्यसरि घरको अगाडिदेखि जाँदा घरको ढोका ढकढक्याउन मन लागिरहेको हुन्छ । तर, तपाईहरु म सँग डराउनु हुन्छ होला भनेर कहिले घरभित्र पस्ने कोशिस गरेको छैन् । तैपनि मम्मिले बनाउनु भएको खानेकुराको बासनासँग सँगै हार्डविक हिलको बाटो काटेर अक्सफोर्ड आउने गर्दथें ।

‘म अब कहिले घर आउनु पाउँछु होला ?’

निरजको पिडादायक त्यो प्रश्नले मलाई ‘चिकित्सकको बाबु’ हुनु जतिको पिर अन्य समयमा कहिले भएका थिएनन् । मेरा अस्थिपन्जरले साठी हिउदका भारिहरु खपिसकेका थिए । तर, त्यतिको दर्द कहिले भोगेको थिइन । अब छोरासँग बाँकी प्रश्नको अपेक्षा गर्न छाडें । र, उसको तीनै शब्दलाई अन्तिम शब्द बनाउने निर्णय लिएँ । त्यसपछि, केहि नबोलि टिट टिट हर्न बजाँउदै बाटो लागें । केहि अगाडि पुगेर अन्तिम चोटि बिँचको ऐनामा उसलाई एकझलक हेरें ।

त्यसबेला सम्म उसले हामीलाई हेरिरहेको थियो । अनि उसको दाहिने हात माथि माथि आकासतिर उठिरहेको थियो ।

हामी एक घण्टापछि बानबुरिको गोलघुम्तिमा पुगिसकेका थियौ । सधै ब्यस्त रहने त्यो घुम्तिमा त्यसबेला एउटै गाडिहरु देखापरेका थिएनन् । तर, साउथम रोडको ट्राफिक बत्तिमा मैले मोटर रोक्दा हाम्रो अगाडि एउटा र पछाडि अर्को कालो मर्सिडिज शबबाहनहरु देखा परिरहेका थिएँ । अरुबेला शबबाहन मलामिहरु बोक्ने पुच्छ्रे मोटरको अगाडि अगाडि हिडिरहेका हुन्थे ।

तर, त्यसदिन पुच्छ्रे मोटर बिना शबबाहनको बिचौबिचमा हामी परेको देखेर –

‘बुढो ! कोरोनाले कुनदिन कस्लाई लानेहोला ? अनि यसरि शबबाहनमा को पहिले चढनु पर्नेहोला ? त्यसैले त्यो दिन नआएपनि हुन्थ्यो ? भन्ने सिम्माको प्रश्न आउँदा मैले अघिनै आँखा बन्द गरिसकेको थिएँ ।

*******************

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.