~डा. खगेन्द्र घोडासैनी~
म जन्मेरहेछु यसै झोपडीमा,
म हुर्केरहेछु यसै झोपडीमा ।
नलाऊ महल्का ठुला धाक ऐले,
तिमीलाई तान्छु यसै झोपडीमा ।
यहाँ अन्धकार्को कुनै मोल छैन,
बलेको छ दियो त्यसै झोपडीमा ।
नदेख्ने गोरु झैँ के औंसी के पुर्ने,
हेरे तत्त्व देख्लान् यसै झोपडीमा ।
नरुचाऊ तिम्ले यो आतिथ्य मेरो,
लगाइन्न ताल्चा यसै झोपडीमा ।
खुलेको म देख्छु सधैँ पूर्णचन्द्र,
‘विवश’ता मरेको यसै झोपडीमा ।
रचना : २०६२/४१४
“कोसेली” संयुक्त गजल सङ्ग्रह २०७७ बाट साभार
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )