कविता : उज्यालो दिन पर्‍यो ।

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

उदाए झलमल्ल देशमा ज्योति फिंजाउँदै रवि ।
जागृत भयो आकांक्षा अब केहि गर्छ कि भनी ।
सच्चा सपूत भए देशको गर्छ कि भलाई भनी
उदाए कै हो ? भूतलमाहाँ अठोट केही गर्छु भनी ।

शहिदका सपना अब पुरा हुन्छ कि थातिरहेका सबै ।
छुट्टिन्छ कि दुध पानी देशमा घोलीएकाछन् संग संगै ।
छुट्याउने ल्याकत होला निडर निस्वार्थ भै देखाऊने ।
अन्त्ये गर्लान् दुःख पिडा जनताका सहारा बनेर कोही ।

जेल नेल निर्वासन र भोगेका गोलघरको यातना ।
ज्यान हत्केलामा राखि जोगीएका मृत्यु को मुखबाट ।
बुमmेका दुःख पिडा जनताका देखेका घर—घर गयी ।
यस्ताले पनि समस्या निदान नगरे गर्ला अब कसले ।

खल्बल्याउने हक छैन कसैलाई जनताको अभिमतलाई ।
चिनेकाछन् अस्थिरका नायकलाई गर्नेछन् बहिष्कार सधै ।
प्रगति गरे कति अरु देशहरुले हामी रुमल्लीयौं राजनीति मै ।
आज बनेको छ देशमा स्थिर सरकार जनताका विवेक ले ।

कति आए गए सरकार देखेन सुनेन क्रन्दन नेपालीको ।
रोदन दिनहँुजसो लिम्पियाधुरा लिपुलेक कालापानीको ।
कस्को सहमतिमा अतिक्रमण भयो किन मौन बस्नु पर्‍यो ।
जनताको बिश्वासको सरकारले नक्सा सार्बजनिक गर्‍यो ।

नमन छ कोटी कोटि त्यसलाई बाँकीछन् समस्या अझै ।
सच्चा मनले गर्ने असल कर्ममा जनता रहन्छन् साथमै ।
सामरिक महत्वको छ देश हाम्रो ठुलाछन् छिमेकी दुबै ।
सन्तुलीत ब्यबहार गरेर बस्दा साथ रहनेछन् सधै ।
भोगेका छौ कष्ट कहर अनेक नाकाबन्दि जस्ता क्रुरता ।
मानबीयता नभएका छिमेकीलाई सिकाऊँ मानवता सधै ।

भूगोल मात्र हैन देश ,देशमा हुन्छन् सँस्कार सँस्कृति सबै ।
यहि हो पहिचान मानवको यसलाई नकुल्चौ कहिलै ।
न पुग्छौ शिखरमा न त रहनेछौं धरतिमा मानव बनी ।
आफ्नै सँस्कार सँस्कृति ध्वस्त गरी कस्तो मानव बन्ने ।

तिमी जन्म्यौ यस मुलुकमा भन्छाँै हाम्रा अभिभाबक भनी ।
ढुक्कै छौँ हामी , तिमी त हौ हिंसाको बिरुद्धमा बोलने ।
शान्तिको उद्गमस्थल भूमि ऋषि मुनीको तपस्थल सधै ।
त्यसैबाट सिञ्चितहुँदै तिम्रो हृदयको भाव बोल्दछ सधै ।

साँस्कृतिक अतिक्रमणको बेदनाले घच्घच्याउँने सधै ।
बस्यौ त्रयरात गुप्तबासमा अर्कैको धर्मको शरणमा गयी ।
पश्चातापले फुत्कीयो वचन रामजन्मभूमि नेपाल भनी ।
धर्म सँस्कृति सँस्कार नष्ट गरेर के पहिचान रहला खै ।

रगतमै सञ्चार छ अध्यात्म हामीमा सत्य कि मmुटो बोल्यौ ।
सामmा हुन् बुद्ध,राम , सिता र तपस्वी जो जहाँको भए पनि ।
अँगीकार गर्नु सत्गुण तिनको सत्मार्गको शरणमा गयी ।
पबित्र भूमि हाम्रो अपबित्र भयो आलो रगतले सिञ्चितगरी ।
१०
कहिले मेटीन्छ दोष यि सब लौ नेतृत्व तिमीले गर्नु पर्‍यो ।
बेपत्ता ,अंगभंग भएका ,मृत्युवरण गरेकाले न्याय पाउनु पर्‍यो ।
आशाका किरण गगनका ज्योतिपुञ्ज भै धरामा आउनु पर्‍यो ।
रोग शोक भोक अशिक्षालाई अब त निर्मुल गर्नै पर्‍यो ।
११
भएन सुशासन प्रशासनमा अब जिम्मेवार बनाऊने कस्ले ।
आशा भरोशा छ तिमै्र एक एक कदम अगाडी बढ सधै ।
साथमा रहनेछन् तिम्रा दुःखी गरिवका आबाज बन सधै ।
फल फल्ने बोटको मुना निमोठ्दा चित्त दुखेको छ साहै्र ।
१२
खाने फल हो बोटको ,बोट नै निमोठ्दा लागेन फल बरै ।
आए गए कति कति याहाँ आ आफ्नै हँुडार भर्दै बसे ।
जनताका भएनन् ति कहिलै सामन्तिका दाश भई बसे ।
घोके बिस्तारवाद र सामन्तवाद भनी शरणमा तिनैको परे ।
१३
च्यातियो प्रजातन्त्रको मुकुण्डो पनि जनता गरिबका गरिब रहे ।
ठडीय दिन दुईगुणा रातचौगुणागरि सोध्छ हृदयले कस्को महल भनी ।
आखिर परिवर्तनको उद्घोष गर्नेहरुका रहेछन् ति महलहरु ।
आफ्रनै खातिर रहेछ परिवर्तन कसरी नभनूँ छोएन गरिबलाई ।
१४
शहादत शहिदहरु ले यो धर्ति रक्तरञ्जित भयो ।
पुछीए सिन्दूर खाली काख भयो खै के पाए जनता ले ।
यस्तो शैलीले नलाग्ने भयो पार ब्यबस्था दोषी ठहरिने भयो ।
जाग जाग जिम्मेवारी बोध गरि अब पार लगाऊ यसलाई ।
१५
कति छन् कति ब्यथा जनताका बताएर साध्य नहुने भयो ।
अत्याबश्यक स्वास्थ्य शिक्षा र सुशासनमा धमिरा लाग्न गयो ।
आफ्नैकालागि रहेछ परिवर्तन ठेक्कापट्टा खरिदकाकाम आफ्नैलाई भयो ।
आफ्नैकालागि रहेछ ठुलापदहरु हाय ! यस्तो के देख्नु पर्‍यो ।
१६
थियो एउटा मूल जरो सहितको हाँगा बिँंगाको ठुलो बृक्ष ।
ठान्थे सर्बाेपरि त्यसलाई केहीले आज अस्तित्वबिहीन भयो ।
त्यसैको विराशतमा ढलिमली गर्दै कार्यशैलि त्यस्तै रह्यो ।
हराए आकांक्षा ईच्छा जनताका सत्ता प्राप्तिकै ध्यय रह्यो ।
१७
नबोलौं हुन्छ हृदय चिरा चिरा कस्तो देश कस्तो भयो ।
रुचाउन्नन् बोल्दा तिनीहरु जनताका भोट मात्र प्रिय भयो ।
तै पनि जुनकिरीको पिल पिल उज्यालो देखियो धरामा ।
त्यहि पिल पिलले दिन्छ कि उज्यालो आशा त्यसैको रह्यो ।
१८
गुजारा जनताका कर पसिनाले तथापि म मालिक भन्दै बस्यो ।
सेवाग्राही भै कार्यालय पस्दा उसले गर्छ ब्यबहार नोकर जस्तो ।
बिभक्त गरिए जनता अदुरदर्शी नेतृत्वको कृयाकलाप ले ।
शासक सेवक कि मालिक जनतामा भ्रम सिर्जना भयो ।
१९
बोक्ने भयो दोषजति सबै अन्ततः ब्यबस्था नै दोषी हुने भयो ।
ढलेको बृक्ष हेरांै आखिर उ पनि आफ्नै कारण ले ढल्यो ।
संसदीय ब्यबस्था उत्कृष्ठ भन्नेहरु कै कारणले त्यो पनि ढल्यो ।
उत्कृष्ठ ब्यबस्था भन्ने भित्र पनि अन्ततः समस्या त्यहि रह्यो ।
२०
जोडीन जान्छ अन्ततः मानिसको आचार बिचार ब्यबहारमा ।
नैतिकता ठुलो गहना हो मानवको, मानवमा कमि त्यसैको भयो ।
नेतृत्व ठिक भए हुने सबै ठिक नेतृत्वले सन्देश दिनु पर्‍यो ।
साध्य होईन रहेछ कुनै ब्यबस्था नेतृत्व निष्पक्ष हुनु पर्‍यो ।
अध्यारोमा बलेको पिल पिल जुनकिरीले अब उज्यालो दिन पर्‍यो ।
२१

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.