~डम्बर सिंह~
आउ दाई आउ भाई आउ दिदी बहिनी
पढ्दै जाउँ बनौ हामी ज्ञान गुन को खानी
किताब मात्र पढ्ने होइन अरु पनी जान्नु छ
कबिता र निवन्ध अनी कथा भन्नु छ
बजाउन र नाच्न सिकौँ अनी गीत गाउँने हो
नजानेको कुरा सिक्न स्कुलमा आउने हो
काम गर्दा अल्छि मान्ने बानिलाई छोडौँ है
ज्ञान सिक्दा लाज मान्ने बानी लाई तोडौँ है
आउ साथी अघी बढौँ हातमा हात मिलाई
सँगै बसौँ मिलिजुली हाँसि खेली रमाइ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )