~गोबिन्द ओझा~
तिमी जिन्दगिको अनमोल उपहार हौ
शृष्टीको एक सुन्दरता स्वरुप हौ
सुन्दर छन तिम्रा ति आँखाहरु
वयान गर्न नसकिने गुलाफी ओठहरु
कहिले नछुटीने त्यो तिम्रो साथ
सातै जुनीसँगै जिउने बाचा कसम
खुसियालीका हर मुस्कान तिमि हौ
शृष्टीको एक सुन्दरता स्वरुप हौ
यो संसारमा वाच्नेछु तिम्रो साथ पाउन
मनबाट सोचेको छु तिम्रो सुन्दरताको बयान गर्न
यो जिन्दगिमा उज्यालो ल्याउने तिमि हौ
शृष्टीको एक सुन्दरता स्वरुप हौ
– दिपायल सिलगढी नगरपालिका
वडा नं.२ दिपायल डोटी
नेपाल प्रहरीमा सु.प.प्रदेश प्रहरी कार्यालय दिपायलमा प्रहरी जवान पदमा कार्यरत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
राम्रो छ अझै राम्रो प्रगति होस ।