~सदानन्द अभागी~
यो जीवनकी रानी प्रिया
नयनोत्सव नानी प्रिया
सुन्दर दृश्य यस्तै हुन्छ
दिल धड्कनकी खानी प्रिया
ढुकढुकीको सङ्गीत सार
कर्णिकार शुद्वि मानी प्रिया
सनातनी समाज भन्छन्
कुरौटे छ बानी प्रिया
अधम गति कस्तो मति
गल्ती हुन्छन् जानी प्रिया ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )