~गोपालप्रसाद रिमाल~
मनव-वनमा कहिलेदेखि झर्न लाग्यो निर्झर
जसको इन्द्रधनुषले गर्दा जीवन भो सुन्दर-सुन्दर
यसको प्रवाहमा देखिन्छन् उज्वल फीँज र फोका
स्वच्छ निर्मल अनन्तजस्तै अणुअणुसम्म सादा
कलपनाको रङ्ग चढाई फुकिदिन्छु तिमीहरुलाई
जो उड्नेछन् सबको मनोगमनमा रुवाई हँसाई
सुख-दुःख रङ्गिन्छन् कहिले, मानव-जीवनका दुई रङ्ग
कहिले प्रेम-शशिको प्रकाशमा हृदयोदधिको जवार
कहिले पातपातमा टल्किरहने अनन्तताको शीत
विश्व-गीतमा नाचिरहेको सौन्दर्यको काखबीच
निर्झर पर्वत, वनहरुमा सौन्दर्यको जति छाप छ
मानव-आत्मामा उत्तिकै त्यै रमणीयताको भाग छ !
(स्रोत : गोपालप्रसाद रिमालको कवितासङ्ग्रह “आमाको सपना”बाट सभार)