कविता : प्रेमको रंग-२

~दीपा राई~

समुन्द्रको लहर जस्तो आईरहने तिम्रो यादहरू,
लहरिएर आउँछ
अनि मेरो मुटुको किनारमा टक्क छोएर फर्किन्छ,
म हेरिरहन्छु-
पर …पर …सम्म…
तरेली तरेली हुँदै जाने लहरहरूमा
परेली परेली भएर बसेका मेरा हजार सपनाहरू,
फीँजमा सर..र..र.. बग्दै जाने
ती अनाम प्रेम कथाहरू
तिमी त्यो लहर हौ
म यो स्थिर किनारा
बस-
तिमी त आउछौ-जान्छौ
यदि तिमी नफर्किने भए बात
शायद अर्कै हुन्थ्यो …
म भने अचल पर्खीरहन्छु…
“किनार” मेरो नाम …

गान्तोक, सिक्किम।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.