~सदानन्द अभागी~
आशामा नै समायौ रमायौ
आशामा नै सबैलौ गुमायौ
राम्रोमाता नराम्रो न हालौं
जानेरै हो, खरावै सुनायौ
मातैमा नै भएरै नबोलौ
चालाखीमै समाती चिनायौ
छैनौ हामी दुवैको कमाई
नैना रानी बनेरै किनायौ
सन्धीखर्क
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )