गजल : हुने खाने त्यता तिर

~रवि प्राञ्जल~

हुने खाने त्यता तिर ।
हुँदा खाने यता तिर ।

उतैतिर चल्छ सुवास
चल्छ हावा जता तिर ।

पर्न छाड्यो जूनको किरण
फूल, पात, लता तिर ।

ढुंगे युगमै पुग्यो मान्छे
फेरि दन्त्य-कथा तिर ।

जता हेरूँ अँध्यारै छ
खोजूँ ‘रवि’ कता तिर ?

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.