कविता : शुभकामना

~कोमल प्रसाद श्रेष्ठ मल्ल~

होस यो मित्रता अजय अमर सुगन्धित फूल सरी ।
मन फक्राउदै नाच नाच सधै साहित्यकै रङ्ग छरि ॥

नाउ चलाउ त्यस्तो साहित्य सागरमा नथाक कहिले पनि ।
थलो उठोस तिम्रो जीवन्त जागरमा आकाशै छोओस अनि ॥

शुभकामना छ हाम्रो सधै चंम्किरहे साहित्यीक तारा बनी ।
बेहुली सृङ्गारमा नेपाली साहित्य उठाऊ बाच्ने छौ अमर भई तिमी ॥

दिन यो उत्कृष्ट मिलनको बचाउ बाच्छ जुनी जुनी ।
बधाई र शुभकामनाको यही भेट हो हाम्रो स्वीकार गर तिमी

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.