कविता : डायास्पोरा

~उज्ज्वल बमजन~

कोलम्बसहरू
फर्किएनन् फेरि-फेरि

युद्धहरू द्वन्द्वहरू
क्रुसेडहरू जेहादहरू
क्रान्ति प्रतिक्रान्ति
उपनिवेशवाद बेरोजगारी
प्राकृतिक प्रकोप
गॉंस-बास-कपास
साइबर सुनामी
साइबर साइक्लोन
निर्वासन

अपुताली मिश्र
अलविदाको इशारामा
हातहरू हल्लाउँदै
अघि बढ़ेका
डायास्पोराहरूका
लक्ष्यको टाइटनिक
अचानक लालसमुद्रमा
दुर्घटनाग्रस्त बनी
चुर्लुम्म डुब्नखोज्दा
कहालिएका ध्वनिहरू
आर्त्तनादह्न आवाजहरू
खोइ त मोशा
तिम्रो हातको शक्तिशाली लौरोले
यथार्थताको लालसमुद्र
दुई फ्याक भएन त?

न त तर्न सके
आकाङ्क्षाको लालसमुद्र
या पुग्न नै सके
यहोबाले वाचा गरेका ती
दूध र मह बग्ने
ढुक्कको निश्‍चित देशहरूमा अझसम्म
डायास्पोराहरू

मन्नहरू कुहिएर फ्यात्त
रमाएर खान त के
सुँघसम्म जॉंगर छैन

हैजा फैलिरहेछ
गनाएर मन्नहरू

धमाधम कमानहरू
बन्द हुँदैछन् कमाइहरू
शून्य बन्दैछन् घर-आँगनहरू
गाउँ-गाउँ बजार-सहर
छ्याप्छ्याप्ती घुमिरहेछन्
पासपोर्ट र भिसा बनाइदिन
डायास्पोराका दलालहरू

विकेट ढलिसक्यो कि
एलबीडब्ल्यु भएजस्ता पनि छन्
डायास्पोराहरूका
कुद्दा-कुद्दै सङ्घर्षका मैदानहरूमा
रन आउट भएजस्ता पनि छन्

चारैतिर अन्योलताका
जालहरू हानिएका छन्
सूर्यग्रहण लागेको छ
अनिश्‍चितताको
निर्णय दिन असमर्थ छ
आफैमा अल्मलिएर थर्ड अम्पायर ईश्‍वर

भत्किएर
नूहको चौढ़ादार जहाज
चुर्लुम्म डुबेका छन्
यहोबाका सिर्जनाहरू

समयले दिएका
सिफिलिस घाउहरूमा
कसले छरिदिने
न्यानो र सञ्चोको नियोस्प्रीन
र बॉंधिदिने कसलेह्न माया गरेर
सम्वेदनाका सुरक्षित ब्यान्डेड

बगरै-बगर
सहरै-सहर
तीव्रवेगमा दौड़िरहेछन्
डायास्पोरा बेखराजहरू
बनाएका बाघहरू देख्नलाई
हराएका बाघहरू भेट्नलाई

डायास्पोरा
साल्सा नॉंच्छ
नॉंच्छ स्ट्रिप्टिज
र नॉंच्छ बेस्सरी नितम्ब हल्लाउँदै बेलीहरू
कहिले
टप्लेस नर्तकीहरूसँगै
सुसेल्दै भाखा लैबरीहरू
गाउँकै मीठो मारूनी पनि नॉंच्दछ

बेस्वादिला क्षणहरूका
तीतो आइस्क्रीम चुस्दै
डायास्पोराहरू
होस्ल्याङ बॉंचिरहेछन्
भत्किएर बॉंध
बाढ़ चलिरहेछ
बॉंचुहरूका वैतरणीहरूमा
स्वीमिङ गर्ने कि?
या त तर्ने पार राफ्टिङमा चढ़ेर?
अलपत्र किनारहरूमा
छाड़िएका डायास्पोराहरू

छोड़िआएका आउनपरेका
आफ्नै संसारका प्रियजन
र आफ्नै घरको इज्राएल आँगनतर्फ
मुहार र हृदय फर्काएर
स्वतन्त्र सियोन जीवनको-पुनर्स्थापनाको
कामना गरिरहेछन् अविराम
निराश डायास्पोराहरू

डायास्पोरा
अनिश्‍चितताको कच्चा साघुँबाट
बञ्जी खेलिरहेछन्

-कालेबुङ

(स्रोत : विचलन प्रकाशन, कालेबुङ)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.