~अनिता भण्डारी पौडेल~
तियाली १
कोहि मर्छन सिसाको गोलीले
कोही मर्छन उर्लेको खोलीले
कोहि मर्छन नमिठो बोलीले
तियाली २
भोग्नु पर्छ सबैले आफ्नो आफ्नो कर्म
संधै पाप गर्नेलाई के थाहा के हो धर्म
आफ्नै कुरा माथि पोख्छन आफ्नै मर्म
तियाली ३
न रात न दिन छैन आफ्नो बसमा
झुम्मिन्छन भमरा फूलको रसमा
बित्छ जीवन यसैगरी हजुर हसमा
नंया बानेश्वर , काठमाडौँ