~सुजन बुढाथोकी ‘कान्छा’~
बिन्ती आज मेरो यो छातिमा बन्दुक नपड्काउ
मेरो देसमा दिपावली छ
बरु आउ तिमी पनि मेरि बहिनिको टीका लगाउ
मेरो देशमा दिपावलि छ
दाजुहरु हातमाहतियार र गर्धनमा गन बोकेर भन्छन(२)
भाइ भारतका गान्दि बोलाउ
र यो देसका बुद्दहरुलाइ जगाउ
बरु आउ तिमी पनि मेरि बहिनिको टीका लगाउ
मेरो देशमा दिपावली छ
म मान्दैमान्दिन देसद्रोही दुस्मनहरुलाइ म भन्दिन कि (२)
मेरो आगनमा आएर कुकुर काग र गाईहरु भगाउ
मेरो देसमा दिपावली छ
आउ तिमी पनि बरु मेरि बहिनीको टीका लगाउ
मेरो देशमा दिपावली छ
जसरी उस्ले यो देस र एक अवला नारिलाइ लुटेथ्यो(२)
जिन्दगिभर भगवान त्यो अपराधि पनि उसैगरि तड्पाउ
मेरो देसमा दिपावली छ
बिन्ती आज मेरो यो छातिमा बन्दुक नपड्काउ
मेरो देशमा दिपावली छ
रातभर भेडाहरु गाउ सहरको दैसि भैलोमा भुल्याएर(२)
चोरस्यालहरु हेरिरहेछन भडारकोठामा पस्न दाउ
मेरो देसमा दिपावली छ
बिन्ती आज मेरो यो छातिमा बन्दुक नपड्काउ
मेरो देशमा दिपावली छ
अनिकाल लागेर जन्ताहरु भोकभोकै मरिरहेछन
बालमतलब पैला तिमि टन्न खाउ र आफू अघाउ
बरु आउ तिमि पनि मेरि बहिनिको टीका लगाउ
बिन्ती आज यो छातिमा बन्दुक नपड्काउ
मेरो देशमा दिपावली छ ।
सरकार कर तिर्ने त्यो गरिब गाउमै कोरुना लागेर मर्छ(२)
तिमी रुघा लाग्दा पनि सिङ्गापुर जाउ अमेरिका धाउ
बिन्ती आज मेरो यो छातिमा बन्दुक नपड्काउ
मेरो देशमा दिपावली
यदि समयले नै यस्तो भन्यो भने प्रलयले के गर्छ होला(२)
भुकम्प भ्रस्टचारि भत्काउ र बाढि बलत्कारीहरु बगाउ
मेरो देशमा दिपावली छ
बिन्ती आज मेरो यो छातिमा बन्दुक नपड्काउ
बरु आउ तिमी पनि मेरि बहिनिको टीका लगाउ
मेरो देशमा दिपावली छ !!
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )