कविता : शिलालेख तिमी

~‘इखालु’ रमेश~

एक अंगालो सपना बोकेर
अतृप्तीका डोबहरुमा चर्हयाँउँदै
पिडा र ग्लानीले थिच्चीएर
पल पल बिछोडमा भाँच्चीएर
भो नबस अव प्यासमा
त्यो वालुवाको रासमा ॥

तिम्रा मानसपटलका बसन्तहरु…पालुवाहरु
तिम्रो दुरयात्रा सँगै
शिशीरको लुछाइमा
क्षतबिक्षत भइसकेका छन्
रोदी छ मादल छैन
साकेला छ सीलीचमर छैन
रमीते डाँडाको चौतारी
हुरीको बलात्कारमा परेको छ ।
त्यो चिसो सिरेटो भित्रको न्यानोपन
तिमी सँगै बसाँइ सरेको छ
दशैँ सँगै झुल्ने लिङ्गे पिङ
साइली माइली र तिम्रो बिछोडसँगै
मच्चीन छोडेको छ ॥

लाली वैसले धपक्क बलेको गुराँसे पाखा
अनि ऐसेलु र घघँरु दानासँगै
बिगतका वीरता र विजयका भाका
गीत र रीतमा निचोरीएर
ह्दयका फब्ल्याँटाहरुमा पछारीएर
मन रमाउने प्रहरको खोजीमा
बिरही संगीनीमा रेटीएर
कल्पनाको लेकाली झरनासँगै
तृसीत मन बनाएर नबग भो ॥

एक अंगालो सपना बोकेर
तिमी परदेशी भयौंम गाउँबेसी भएँ
तिमी पारदर्शी भयौम छद्मभेषी भएँ
तिम्रो नजरमातिम्रो अधरमा
त्यसैले भो नराख जीज्ञासा
प्ादस्थ की अपदस्थको
निलो र सेतो बस्ती वीचको
मेरो मनमन्दिरकी शीलालेख तिमी
करौतींले चिरेर … ..

खोटाङ्ग बजार-१, खोटाङ्ग

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.