~ममता मृगतृष्णा~
सेतो कपडा ओड्नेको सपना हुँदैन रे
लाखौं हुन्छन् वरिपरि आफना हुँदैन रे।
एउटै मान्छे मरि जाँदा संसार भासिने उन्को
परिवार नामको त्यो वृक्ष अब घना हुँदैन रे।
लक्ष्मीबाट ओरालो लागी अलच्छिनी अब
बत्तीसै होउन् गुण तर सर्हना हुँदैन रे।
गजक्क परे ससुरा ठस्स परिन् सासु पनि
भने त्यो घरमा उन्को अब ठेगाना हुँदैन रे।
क्या अचम्म उनले नै कुटि कुटि मारे जस्तो
पापी नजर सब्का तर बुझ्ने भावना हुँदैन रे
-मृगतृष्णा
02-20-16
(स्रोत : रचनाकारको ब्लगबाट सभार गरिएको । )