~सुजन बुढाथोकी ‘कान्छा’~
जब यो फुल प्रकृति र जिवन हराबरा हुन्छ
तब चौतर्फी दुस्मनहरु हुन्छन र भमरा हुन्छ
बियाँ हु,त्यो दिन पक्कै पनि फल फलाउनेछु
जुनदिन मेरो सङ्गघर्षहरुको लामो लहरा हुन्छ
गरिबलाई न्याय अस्पताल स्कुल कै पनि छैन
यो देसमा निर्दोषका लागि त मात्र कठघरा हुन्छ
जब यो फुल प्रकृति र जिवन हराबरा हुन्छ
तब चौतर्फी दुस्मनहरु हुन्छन र भमरा हुन्छ
तोडेर पिन्जडा म यो पृथ्बि भन्दा पनि पर पुग्छु
आकासमा उढ्छु,कैले काहीँ मेरो मन चरा हुन्छ
हावाहुरि आयो र उढायो घरझुरिहरु,भ्रस्ट भवन हैन
बाढिमा पनि सुरुमा बग्ने बिचरा गरिबकै टहरा हुन्छ
आँखाको अप्रेशन गरेको छ बिस्तारै हेर जोगिएर हिड
लकडाउन एक्कासी खोलियो अब झन खतरा हुन्छ
जहाँ मगमगाउने एकमुठ्ठी माटो छैन त्यो मेरो देस हैन
मेरो देसमा त छहरा पहरा र किसानको खेतगरा हुन्छ
रचना मिति:२०७६/०४/०७
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )