कविता : सरकार स्विकार नहोस् एम्सिसी

~सुजन बुढाथोकी ‘कान्छा’~

हामी बसेको यो जमिन
र यो सानू समुन्द्रसतहदेखि
अलिपर आन्द्रा महासागर छ
जहाँ ,डल्फिन माछा बस्छ ।

हामि बसेको सागरदेखि
सबैभन्दा टाढा
त्यो सातसमुन्दर पर
प्रशान्त महासागर छ
जहाँ ,ह्वेल माछा बस्छ ।

र छेवैमा छ एउटा
अजिङ्गगर
जो बर्सौदेखि हाम्रो सागरमा
आएर अनि
बाँस बस्न खोजिरहेछ ।
र खोजिरहेछ डर्पहरुहरु झै गरेर
हामिलाइ डस्न ।

र भारतिय बिस्तारबादहहरुसङ्गै
जहाँ,बिस्तारै भत्किरहेछ
हाम्रो सागरको दोधारमा बाधिएका बारहरु

महाकालीको किनार पनि
भत्काएर उसैले लग्यो
र बर्सौदेखि डुबान बनाएर
उ हाम्रो जलमुहानलाइ
कटान गरिरहेछ ।

जहाँ त्यही विशाल इन्डियन ओसियनको
ओभर फ्लोहरुहुँदै
त्यही बाटोहरु भएर
आइरहेछ ह्वेल
हाम्रो सपनाको सानु समुन्द्रहरुमा

यदि उ आयो भने
र हाम्रो सागरमा घर बनायो भने

हामी कैले पनि
उस्को राजलाइ बदर गर्न सक्ने छैनहु ।
डर देखाएर उ जिन्दगिभर
डेरा जमाएर बस्नेछ
र हामी हाम्रै रहरहरुमा पनि
निलम्बित हुनेछौ हाम्रै घरहरुमा पनि
हामी अर्कैद्वारा शासित हुनेछौ ।

त्यो डाडाको डल्फिनलाई
त उस्ले सिकार गर्नेछ गर्नेछ
तर अफसोच हाम्रा सबै सिद्रा र भुरा माछा पनि
उसैको आहार भएर सकिनेछन।

उ आएको दिन
डल्फिन
ह्वेलको आहार भैरहेको हुनेछ
शैनिकहरु राखेर
उ सामुन्द्रीक प्रहार गरिरहेको हुनेछ
र आणबिक हतियार हानिरहेको हुनेछ ।

हो उ डल्फिन खाइरहेको हुनेछ
र छेवैमा सबैभन्दा धेरै
अजिङ्गगर रमाइरहेको हुनेछ ।

सायद,
यो सन्सारमा अजिङ्गगरको आहार
दैबले नै टार्दो रहेछ

पुछ्छर र टाउको
दुबैतिर समाएर त्यो उ दिन तानिरहेको हुनेछ्न
डल्फिनलाइ
हो, त्यो दिन
दुबैतिर बाट चेपिरहेका हुनेछन
चिनलाई
र भत्काइरहेका हुनेछन
हाम्रो जमिनलाइ
l
र सबैभन्दा माथी मृत्युको टागाहरु
बिछ्याएर बल्छी थापिरहेको हुनेछ
कोरोना भाइरस
~
यो रिसिबि र बैमनुस्यताको बाबजुद
र त्यो दिन
यो सन्सारमा हाम्रो स्वाधिन~ता
र स्वाभिमानको पनि
कुनै नामोनिसान रहने छैन
~
सरकार
यसैले हाम्रो सम्बिधानको
समुन्द्रहरुमा कैले पनि
यमसिसी स्बिकार गर्नु हुदैन ।

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.