अनूदित कविता : जीवित लेनिन

~माक्सीम तान्क~

हामी हेर्छौं
लेनिनको तस्वीर तर वास्तवमा उनी
सजीव भएर उभ्भिन्छन्
पित्रृभूमिको रुपमा !
त्यसैले
ध्यान दिएर हेर
रोटी र नूनमा,
इस्पात खाने भट्टीमा,
बिजुलीघरका
चम्किला बत्तीमा,
र अन्तर्ग्रहीय यानको
सुदूर ग्रहपथमा,
गौरवका साथ फहराईरहेका झण्डाहरुमा,
र अटल मित्रताको हातेमालोमा,
साथै किताबका पानाहरुमा,
जो छन् उनकै विद्धता र विचारले भरिपूर्ण,
अनि केटाकेटीहरुका
अद्धितीय चित्रहरुमा…
यदि हर्षाश्रुले
तिम्रा आँखा रसाए भने–
तिमी लज्जित नहोऊ ,
बरु नियालेर हेर,
सुदूरको प्रकाशपुञ्जलाई –
आफ्नो समुज्ज्वल भविष्यलाई !!

– बेलारुष

(स्रोत : कम्युनिस्टअनलाईन डट कम)

This entry was posted in अनूदित कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.