कविता : मेरो अन्तरद्वन्दको आगो

~सुजन बुढाथोकी ‘कान्छा’~

मेरो यो दिलको द्ववारमा
दन्किरहेको ज्वार
अनि अनुहारका यि गालाहरुमा
जलिरहेको ज्वाला दवाउन
अनि बर्सौदेखी यी नदिनालाहरुहुँदै
कालापानीको किनारमा बलिरहेको
सिमानाको सङ्गघारमा सल्किरहेको
आगो निभाउन
र भ्रस्टचारि भाइरसको बिस्तारलाइ ताला लगाउन
सरकार ! यदि कुनै दिन
मैले आणबिक भालाहरु बनाए भने
मलाइ यो देसले सजाय दिन्छ या दिदैन ?

हुनत यो सन्सारमा हतियार मात्रै पनि
सबैभन्दा बलवान अस्त्र हैन
आफुमाथि आफ्नै आफन्तले गरेको
अन्याय जो कसैलाइ स्बिकार्य छैन!
यदि मैले आणबिक हतियार बनाए भने
मलाइ कुनै पुरस्कार दिनु पर्दैन
र त्यसैको लागि
मैले यो कबिता लेखेको पनि हैन ।

तानाशाहाहरुको सम्राज्यहरुलाई
आफ्नु आवाजले फुटाउनेछु
र म टुटाउनेछु इदि अमिनका
जर्जरता र दानबियताहरुलाइ
पथ्थर र चट्टानका कठोर अभिमानहरुलाइ
सिलिन्डर भएर पड्काउनेछु र हराउनेछु
हिम्स्रक हिटलरहरुलाइ
जरुर यदि म बारुद्द भए भने
साउदी अरेबियाको ओसामा बिन लादेन जस्तो हुनेछु ।

चिन अमेरिका रसिया र कोरिया
इरान पाकिस्तान र हिन्दुस्तान
जापानको हिरोसिमा र नागासाकिरा झै गरेर
तिनिहरु सबै खरानी हुनेछन
नेपाल आमाको कसम
हो तिनिहरु सबैले हार्नेछन

यदि मैले अटम बम बनाए भने र सबैभन्दा धेरै
बिस्वयुद्दमा सिरुपात्ते भुत्ते खुकुरीको भरमा
लढाइ लड्ने ती वीर गोर्खालिहरुले
मलाइ धिक्कार्नेछन
यदि मैले आणबिक हतियार बनाए
या,म आफै एउट एटमबम भए भने ।
यदि यो सन्सारमा मैले आबिस्कार गराए भने
आणबिक हतियारहरु बनाए भने
या,म आफै एउटा अटमबम भए भने
मलाइ दाबेदार देसहरुले
महङ्गगो रेटमा किन्नेछन
र मलाइ पुर्याउनेछन बिस्वबजारसम्म ब्यहपार गर्नलाइ
र बारम्बार गरिरहनेछन मलाइ
नरसम्हारको बिनासको निमित्त प्रयोग
तब बिस्वभर वार चल्नेछ
र चलिरहनेछ काटमारहरु
जब सम्म बनिरहनेछन हातहतियारहरु ।
बिस्वमा सामन्तिबादी देसहरु
रित्तिएर डामाडोल हुनेछन
यदि मैले बम बारुद्द् गोला बनाए भने
यो सन्सारकै सबैभन्दा धनी मान्छे म हुनेछु ।

महान बैग्यानिक अल्प्रेड बनहार्टका नोबेलका
यी सबै रासायनिक सिद्दान्तहरु
फेरि पनि एकपटक पुनर्जिबित हुनेछन

तर,अफसोच ईतिहास लेख्ने कलमहरुको हार हुनेछ
र फेरि बिनास हुनेछ यो बिशालविश्व
यदि मैले आणबिक हतियार बनाए भने
या,म आफै एउटा अटम बम भए भने
र फेरि निम्तिनेछ तितृय बिस्वयुद्द

यदि म बारुद्द भए भने
खुलेर खुलेयाम आइरहेको डाका जस्तो
अन्धकारको कुनै कुनामा लुकेर
बसिरहेको चोर जस्तो
म हुनेछु गरिबका झुपडीहरुमा
गाउँका सुकुम्बाशीबस्तिहरुमा
सहरका अग्ला घरहरुमा
मन्दिर न्यायलय अस्पताल
र बिध्यालयहरुमा !

जहाँ,कसैको भर
र उसैको औलाहरुले
थिचिरहेको रिमोर्ट कन्ट्रोलहरुबाट
परिचालित हुनेछु म निर्देशित हुनेछु

देबिदेवता बिध्या न्याय, बिस्बास
धर्म र आस्था, सबै सबै माथी प्रहार गर्नेछु
यदि,म बारुद्द भए भने
राछ्यस र भाइरसको बिरुद्दयुद्द
लड्नुको सट्टामा
म भगवानबिरुद्द लड्नेछु ।

बेस्याको दुशीत बदनबाट
सहरभर गनाइरहेको दुर्गन्धहरु झै
म आइरहेको हुनेछु
र फैलाइरहेको हुनेछु बाताबरणमा
हरेक पल केवल प्रदुषण
र धुवाधुलोका कणहरु
यदि म बारुद्द भए भने
बेसाहारा बालबालीकाहरु
अनि बिरामी बृद्दाहरु
र कयौ निर्दोष नानिहरुलाइ
रुमालमा बायुग्यासको गन्ध सुघाएर
अस्पतालमा बेहोस बनाइरहेको हुनेछु ।

बिदेसी दलालहरुले
मलाइ ढाल बनाएर प्रयोग गर्नेछन
मेरो कुनै जात धर्म वर्ण र लिङ्ग हुनेछैन
बिध्वङ्गस र बिनास मेरो पेशा हुनेछ
र मेरो कुकर्मबाट मलाइ कसैले पनि
छुटकारा अनि अबकास दिलाउन सक्ने छैन
पहाडलाइ फुटाइरहनेछु
हिमाललाइ लढाइरहनेछु
र तराइलाइ टुक्राटुक्रा बनाइ बिभाजित गर्नेछु
यदि म एटमबम भए भने
र भाइभाइहरुकोबिचमा लढाइ चर्काइरहनेछु

सहिदका सारा सपनाहरु माथी
कुठाराघात गर्नेछु
नेपाल आमाको छातिमा गम बुटले टेकेर
बेलुट प्रुफ ज्याकेट लगाएर
अनि बारम्बार छर्‍र्‍आहरु हानिरहनेछु
यदि म अटमबम भए भने
यो सन्सारमा सबै जना
मेरो नामदेखी डराउने छन
तर,अफसोच कसैले पनि
मलाइ मन पराउने छैनन।

गालामा अखङ्गख्य चुम्बनको सट्टामा
प्रेमिकाले उल्टै चड्कनहरु हान्नेछिन
माया ममता मानवता प्रेम र शालिनता
र धैर्यताहरु हराउनेछन
र हराउनेछन शान्ती र अमनचयनहरु
यौवन र रुपको बिसयलाइ लिएर
दुईपरेवाहरुको बिचमा द्वन्द हुनेछ
आगोमा जलेर प्रेमिले रक्सी प्युनेछ
प्रेममा कठोर र घनघोर युद्द हुनेछ
खुङ्गखार युद्द
जहाँ,अस्लि बुद्दहरुको हार हुनेछ भने
आक्रोशित र क्रोधितहरुको जित हुनेछ

घर परिवारमा प्यारको बद्लामा
अनन्त टकराबहरु आउनेछन
यदि म बारुद्द भए भने
र मलाइ डिस्पोज गरेर कठघरामा लगिनेछ ।

बिध्यालय तर्फको बाटोहरुहुदै अघाढी बढिरहेका
कसैका नानी र नातिनातिनाहरु जस्ता
ती कलिला बालकका झोलाहरुमा
किताब कलम र कापिको सट्टामा
म हुनेछु बिरामी बुढो बुवाको
टेवलमा ट्याब्लेटको बद्लामा
सबैभन्दा पहिला म पुग्नेछु त्यहा
गोलि भएर
जहाँ म बसिरहेको हुनेछु
यदि म बारुद्द भए भने
म यो देसको एक कपुत बनिसकेको हुनेछु ।

अदालतले मेरो नागरिकता जफतको लागि
बकालत गरिरहेको हुनेछ
मुर्दाबादका नाराहरु घन्काएर
ढुङ्गामुढा सहित
सडकमा सबैले मेरो बिरोध प्रदर्शन
गरिरहेका हुनेछन
र सङ्गै मेरो निर्जिब सरिरको
सल्काएर पुत्ला दहन गरिरहेका हुनेछन
मेरै बाटो ठुकेर बसेका सारा मान्छेहरुको
त्यहा आन्दोलन चर्किरहेको हुनेछ
कुनै चलचित्रहरु झै
अनि चुपचाप कुनै कुनामा लुकेर
हल या महलबाट म त्यो हेरिरहेको हुनेछु ।

यदि कुनै दिन रोबर्टहरु जस्तै गरेर
म चलयमान भए भने
यदि म त्यस्तो प्रकारको
बारुद्द भए भने पस्चताप मान्दै
अन्तत आफ्ना ती सारा पापहरुको प्रायास्चित गर्नलाइ
म गएर यो मुलुकका सबै
दुष्ट भ्रस्ट बेस्या र कपुतहरुको
छातिमाथी बन्दुक बजार्नेछु
भारतिय बिस्तारबादलाइ
एक चुड्कीको भरमा पछार्नेछु
तर, अफसोच मेरा ति अन्तिम रहरहरु भन्दा पर
मेरो त्यो भक्तिहरुभन्दा पनि पर
म कुनै सक्तिशालीहरुको हातबाट परिचालित हुनेछु ।

यदि म कुनै दिन यो सन्सारमा बम बारुद्द भए भने
सबैभन्दा पहिले
कोरोना भाइरसलाइ ध्वस्त बनाउनेछु
तर,अफसोच
म आफै बिग्यान र बिधानद्वारा बन्दी भएर
म काल कोठरिमा थुनिrahe को हुनेछु ।

कुनै अबोध बलाकले मलाइ खेलौना सम्झिएर खेल्नेछ
फुटबल सम्झिएर भुइमा बजार्नेछ
पछार्नेछ र आफू जमिनमा ढल्नेछ
र बल्नेछ कसैको सपनाको सिङ्गो घर
ठकमन्न हुनेछ सहर
परबाट हेर्दा दिपावली जस्तै देखिने गरि
एकदम उज्यालो बन्नेछ आगन
ती सबै प्रकाशहरुसङ्गै तर तिहारमा आगनभरि
उस्को परिवारको आसुधार बगिरहेको हुनेछ
यदि म बमबारुद्द भए भने
म त्यो बालकको हत्यारा भैसकेको हुनेछु ।

चलचित्र तब धेरै नै मीठो लाग्छ
जब खलनायकहरु बाट नै
खलनायकहरुको अन्त्य हुन्छ
मान्छेले जति नै लुकेर पाप गरे पनि
माथीबाट त्यो सबै देखिरहेकै हुन्छ
यसैको,सजायस्वरुप र उ हर समय
आन्तरिक भयको आगमा जलिरहेकै हुन्छ
जति नै दूध पिलाए पनि
आखिर सर्पले जहर नै ओकल्छ
हिजो जे रोपियो भोलि त्यही नै फल्छ
बादर धेरै बाठो भयो भने भुँडी फुटेर मर्छ
र मान्छे जो आफैले खनेको खाडलमा आफै पर्छ

हजारौ हजार मान्छेहरुलाइ सखाप पार्नेछु
आत्मघाती हमलामा मार्नेछु
र बदलामा मेरा ती सबै अहङ्गकारहरुसङ्गै
एकसाथ म आफै पनी
सखाप भएर एकदिन सकिनेछु

कसम यदि,एटम बम झै
मेरो यो अन्तर हृदय पड्कियो भने
यो सन्सारमा त्यही देस सबैभन्दा धेरै धरापमा पर्नेछ
र मेरो छर्‍आहरुको प्रहारले
त्यसलाइ धेरै नै असर गर्नेछ
हो,त्यही देस्लाइ
मेरो हतियारले सबैभन्दा धेरै छर्‍राहरु छर्नेछ

जरुर जस्ले मलाइ बिगतमा
बम बन्न र बनाउन
बाध्य बनाएको थियो ।

हरेक चिजका सकरात्मकसङ्गै नकरात्मक पछ्यहरु पनि हुन्छन ।#यो केवल एक कल्पनीक बिद्रोह मात्र हो। यहाँ ,साम्राज्यबाद र भारतिय बिस्तारबाद बिरुद्द आफ्नु आन्तरिक ज्वालालाइ ब्यक्त गर्न खोजिएको मात्र हो।कोरोना भाइरसको क्रेसन पछि उस्ले बिस्वमा पारिरहेको एटम बम रुपि बिस्पोटन र अल्फ्रेड बनहार्ट नोबेलको ब्यक्तिगत जीवन सङ्ग मिल्दो जुल्दो प्रसङ्ग पनि हो यो । बम बारुद्द भएर केही अपराधिहरुले देसमा आतङ्गक मच्चाइरहेका छन । हामिले हेरिसक्यौ,चिन,अमेरिकालाइ पछिल्लो चोटि कोरोनाले सन्सारमा सबैभन्दा धेरै सताएको थियो। यदि कोरोना कृतिम हो भने चिन र अमेरिका मध्ये एउटाले बनाएको हो भन्नेमा कुनै सङ्गखा छैन, खास यो लेखाइको लोजिक्स त्यहि हो”अन्यायी र अत्यचारिको बिरुद्दमा म बारुद्द हुन्छु” भन्ने भावबिचार बोकेको यो कबिताको अन्तिम उद्देस्य भन्नू नै उक्त चरित्रहरुको हत्या गर्नु हो । हतियारको अस्तित्व अपराध नियन्त्रण लागि हुनुपर्दछ भन्ने अपेछ्या सङ्गै यस्का नकरात्मक पछ्यहरु पनि बिचमा राखिसकेको छ।टेरोस्ट माथिबाट परिचालित हुन्छन । टेरोरिस्ट जन्माउने सबैभन्दा ठूलो खलनायक हो । यो रचना केही भाइरस ,भ्रस्टचारि र भारतिय बिस्तारबाद बिरुद्द लेखिएको हो । – कवी

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.