~सुजन बुढाथोकी ‘कान्छा’~
निल्नु अघाबै घाटि अनि चपाउदा दात याद गर
र बोल्दा जहिल्यै पनि आफ्नु औकात याद गर
लकडानले जागिर र बाढी पहिरोले घर खोसियो
छ छैन सरकार र आउँछ आउदैन राहात,याद गर
मुटुलाइ पथ्थर पृथ्बी जस्तो दरो बनाएर हिड कस्तो
होला हालत?खस्यो भने बन्चरो र बज्रपात,याद गर
तिमी मदिराको नदिमै डुबे पनि त्यो भोलि उत्रीजान्छ
जिवनभर लागिरहन्छ भावना र मायाको मात,याद गर
दियौ देसझै दिलमा राखेर जस्लाइ तनबदन सुम्पियौ
सरकार हो त्यो गर्नेछ कुनै दिन बिस्वासघात,याद गर
जसरी समस्याहरुले समधान बोकेर आएको हुन्छ हो
उसैगरी बिहान बोकेर आएको हुन्छ हरेकरात,याद गर
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )