कविता : सिपाही

~देवेन्द्र खेरेस~

एक किलाे हेल्मेट
दुई किलाे बुट
र चार किलाे राइफलको जिन्दगी

म बाँचे भने
बाँच्ने छ मेराे युग
बाँच्ने छन्
मेरा आकाश, धर्ति…
बाँच्ने छन् मेरा इच्छा र आकाङ्क्षाहरू
बाँच्ने छन् परिवार र आफन्तहरू
तर
म बाँच्नुकाे लागि कायर हैन ।

युद्धमा
हरक्षण गुन्जिरहने
एम्बुस र गाेलीकाे झङ्कार
हरघडी आखामा नाचिरहन्छ
युद्धमा नम्बरी ढलेकाे दृश्य
र हरपल आइरहन्छन् स्मृतिमा
प्रियसी सम्झनाहरू
रेकर्ड भइरहेछन् यी सबै
जिन्दगीको रेकर्डरमा
जाे सुनाउने छु तिमीलाई
यदि आएँ भने – फर्केर युद्धबाट ।

*****
कविताकृति: काेलम्बस यात्रा
कवि: देवेन्द्र खेरेस
प्रकाशक : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.