लघुकथा : विज्ञान

~डा. विदुर चालिसे~

परीक्षाकाे सङ्घारमा पुस्तकका पाना पल्टाइरहेका बेहाेसी दुई छात्राहरूमा किताबी ज्ञानभन्दा मनाेगत लेपनमा वरिपरि घुमिरहेका दृश्यहरू झल्किरहन्थे । उनीहरूमा एक अापसी रूपमा रहेका खास लज्जा भन्ने कुरा काेठाका वरिपरि सकिएका थिए ।उनीहरू मनमाैजी पाराले बाेलिरहन्थे । सुन्ने काेही थिएनन् । परीक्षाकाे पाठ साइन्स याने विज्ञान थियाे । यत्तिकै मा एउटीले अनायास बकी ।

–“चङ्गा जस्तै उड्न पाए !”

–“कस्ताे बाैलाही केटी याे त । तँ त खुस्किस कि के हाे ?”

–“जा नकरा तँ अाफूलाई क्या टेन्सन भयाे त अनि ।”

–“के टेन्सन भयाे त तँलाई ।”

–“साइन्स पढ्न नै अाउँदैन । विज्ञान मात्रै अाउँछ हेर न !”

–“उफ ! यसकाे विज्ञान पनि, मरें म त ।”

–“पर्दैन पर्दैन नमर, बरू मै मर्छु नि त !”

माइकल फेराडेकाे विद्युत अाविष्कार सम्बन्धी पाठ घाेकिरहेका छात्राहरूकाे अध्ययन कला बारे कस्ले जान्दथे र ?

विद्युत विज्ञानकाे धनात्मक प्रभाव परिरहेका यी छात्राहरू उमेरसँगै चङ्गा बन्न चाहन्थे । तर उड्नसक्ने क्षमता थिएन । हावा चलेकाे बेलामा खुट्टा उचाल्थे । तर चङ्गा जत्तिकाे हलुका पयरमा अकासिन सक्दैन थिए । यत्तिकैमा अर्काे छात्राद्वारा माइकल फेराडेले विद्युत उत्पादन गर्न प्रयाेग गरेकाे रेसमकाे धागाे र फलामकाे साँचाे बारे चिच्याइ चिच्याई पढी । अर्काे छात्रालाई मन परेन । उसले साथीलाई ढँडाल्नाेमा एक थप्पड लगाई ।

–“वाह ! विद्युत अलिकति ढाडमा पाे अायाे त !”

चङ्गा उडेसरि उडेकी अर्की छात्राकाे हातमा निकै बेजाेड विद्युतीय झड्का छियाे । फेराडेकाे साँचाे झैं उसकाे हात यति जाेडले झड्कालिएकाे थियाे कि उसकी साथी तिर्मिराई ।

–“तैंले अब साइन्स बुझिछस् । ल बधाई छ केटी ।”

साथीले दिएकाे विज्ञानकाे फर्मुला त्यसपछि कण्ठ गर्न लागि । माइकल फेराडेले खाेजेकाे अाकाशीय झञ्जामा उत्पादित विद्युत र छात्राहरूकाे परीक्षामा उपस्थित विद्युतीय तरङगमा तथ्यकाे प्रभाव यति थियाे कि दुवैसँग साइन्सकाे मेथड एप्लाई भएका थिए । गफिइरहेका यी छात्राहरूकाे लामाे पढाइकाे बेला उनीहरू माझ माेवाइलकाे घण्टी बज्याे ।

–“उमम्, काे ?”

–“ए, म विज्ञान !”

–“हाे, म तिमीलाई नै पढ्दैछु ।”

–“साथी के पढ्दै हाे नि !”

–“उसकै विज्ञान पढ्दै छे ।”

–“ए ! ल ल !, विद्युत खुब निकाल्नु है अँधेराेमा वाल्नु पर्छ ।”

–“हुन्छ !”

अल्लारे स्कूले छात्राहरूले तब साइन्स पढिरहे । उनीहरूकाे भविश्यमा देखिएकाे विज्ञान र विद्युतीय तरङ्गले परीक्षा फल कुरिरहेथ्याे ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.