~सुजन बुढाथोकी ‘कान्छा’~
मैले जिवनमा सबैतिर
असफलता भोगे
केवल असफलता…………
योजना थियो, सपना थियो
पुर्वपरिकल्पना थियो
म थिए
बाटो थियो
र लछ्य थियो
जब,हिड्दा हिड्दै अचानक लढियो
तब मैले मेरि
श्रमतीलाई दोष दिए
परिस्थितिलाइ दोष दिए
पृयासिलाइ दोष थिए
आमाबुवा र सन्तानलाइ दोष दिए ।
यो देस दुनियालाई दोष दिए
त्यो अन्जान भुकम्पलाइ पनि दोष थिए ।
र खम्बाहरु झै गरेर
मेरो आखै अघाडी उभिरहेका
हरेक बस्तुहरुलाइ दोष दिए
तर,अफसोच
सबैभन्दा बढी दोषी म थिए ।
किनकी,
मैले कैले पनि मेरो बुद्दिलाइ दोस दिइन
मेरो चेतना,बिबेक
र आत्मग्यानलाइ दोष दिइन
जब ,एकाग्र भएर
मैले मेरो बर्तमानलाइ ध्यान दिइन
तब,
मैले कसैलाइ
पनि पहिचान गर्न सकिन ।
र त्यही दिन मैले देखे
कि एउटा सानू बच्चा
मेरो आखै अघाडी बसेर
माटोमा लढीबढी गरिरहेको थियो
अनि बाटो र भित्ताहरुमा
खुट्टाले हानिरहेको थियो ।
र यो भनिरहेको थियो कि
“हेर्नुन बाबा
मलाइ यो बाटोले भुइमा लढाइदियो”।
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )