कविता : समर्पित जिन्दगी

~राइमाण्डु~

तिमीले
जसरी लिनु छ यो जिन्दगी लाई त्यसरी लिन सक्छौ ।
अलिकती आँसु छ ।
अलिकती पीडा छ ।
केही त्यान्द्रो खुशी छ ।
जसरी लिन चाहन्छौ त्यसरी लिन सक्छौ ।

तिमीले
जसरी भाग लाउनु छ यो मनलाई त्यसरी लाउन सक्छौ ।
मन भारी छ ।
मन दोधार छ ।
मन पुल्कित छ ।
दुख को चाङ हरु पन्छाउदै समेट्छौ कि ।
सिसाको महल जसरी मेरो खुसिहरु तोड्छौ ।
अलिकती मेरो लागि पनि छोड्छौ कि ।
पुर्ण अङ्श तिमी आफै लान्छौ ।
जसरी टुक्र्याउन चाहन्छौ त्यसरी टुक्र्याउन सक्छौ ।
यो मनलाइ

तिमीले
जसरी अङ्गाल्न चाहन्छौ यो शरीर लाई त्यसरी अङ्गाल्न सक्छौ ।
एउटा मांसपिण्ड मात्र छ ।
एउटा घाइते यात्री छ ।
एउटा काककुल आत्मा छ ।
ढुकढुकी सङ्गै अङ्गाल्न चाहन्छौ कि
मन सङ्गै अङ्गाल्न चाहन्छौ यो शरीर लाई ?
तिम्रो मनोमानी चलाउन सक्छौ ।

तर प्रीय मान्छे,
फुलै फुलको बिचमा
मान्छे हरु को भिड मा
निर्धक्क भएर अङ्गाल्न चाहन्छौ भने त
तिमिले मेरो अन्तिम बिदाइ कुर्नै पर्छ ।

– राइमाण्डु

-ईटहरी

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.