~सुजन बुढाथोकी ‘कान्छा’~
मैले तिमिलाइ हरेक दिन सम्झिए
अनि आएर
नदिकिनारको छेबैमा बसेको थिए
खोलाको बगरमा घर बनाएर
तिम्रै सुन्दर
अनुहार हेर्नलाइ ।
तरङ्गगित छालहरुको बहावमा
पौडिएर
दिनहु दौडिरह्यौ तिमी
पानीको गहिराइमुनिबाट तिमिलाइ
बोलाइरहे
तर अफसोच,
मेरा हरेक आवाजहरु प्रतिध्बनित भैरहे
सरिता झै
समयको भेलमा तैरिएर
धेरै नै टाढा गयौ तिमी
र कुनै अतीत झै फर्किएर कैले पनि आएनौ तिमि
सबै_भन्दा अन्दर
अनि हजार मिटरभन्दा पनि
गहिरो तिमो प्यार र त्यही प्यारमा डुबेर
बर्सौबर्स लगातार बसिरहेछु
बालुवा झै गरेर
म ऐले
र
त्यहि किनारमा तिमिलाइ पर्खिरहेछु ।
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )