~राजेन्द्र चोथाले~
तिमीलाई के भनुँ म मेरो स्वप्ना लुट्ने मान्छे
आँसुको भल बनेर आँखामा फुट्ने मान्छे ।
यात्राको बाटो रोजी मेरो साथ मागी मागी
यात्रा सुरु गरेर बीचैमा छुट्ने मान्छे ।
मोती हुन् तिम्रा आँसु कहिल्यै नझार भन्दै
मबाट मेरो हाँसो विस्तारै थुत्ने मान्छे ।
तिम्रो मायाले पुग्छ चाहिन्न अरु केही-
भन्दै माया देखाई रुवाउँन जुट्ने मान्छे ।
कुरा सुनी अरुको बहकाउमा आएर
म छटपटाउँदा पनि निस्फिक्री सुत्ने मान्छे ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)