~डा.मधु माधुर्य~
सृजनाको शृंखला न हो
अन्त्य गर्दै युगको –
धमिलो आहाल – साम्राज्य
शुरु हुन्छ –
मेरो कविता !
र थाम्न नसकी
छातिबाट फुत्किने छ
एउटै साझा / उन्मुक्त आवाज –
“यो मेरो स्वास-प्रस्वास हो !”
याद छ तिमीलाई ?
एकान्तमा आनन्दले झाम्म छोपेको !
त्यो कविताको निशव्द स्पर्श थियो …..
अर्थात
प्रेमको पर्याय / विम्व थियो –
मेरो कविता !
आज मान्यताहरुको हाटबजारमा –
जीवनको विकल्प बन्नु परिरहेछ
मेरो कविता ….!!!
अभयपुर, दोलखा,
हाल: मस्को, रसिया