~आशांक उपाध्याय~
बग्ने खोला छेकेर हुन्न रैछ
भित्री घाउ सेकेर हुन्न रैछ
प्रित गास्न जानिन भन्योअरे
सुख्खा हाँगो टेकेर हुन्न रैछ
बिचारको कलिलो मुना मेरो
अलि अलि लेखेर हुन्न रैछ
भताभुङ्ग सपना ढलेपछी
आँखा छोपी देखेर हुन्न रैछ
आफै भित्र आशांक दुखिरह्यो
थोरै पिडा खेपेर हुन्न रैछ
– सर्लाही, जनकपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)