कविता : कर्तव्यको पालन भएन

~निर्मला राई परिवेश~

यहाँ बाबाआमा बाबा आमा भएनन्
छोराछोरी पनि छोराछोरी रहेनन्
नेता अब यहा नेता भएनन्
शिक्षक अब शिक्षक भएनन्
बचनबद्ध भएनन् ,सारै सस्तो भयो छि
बचन,ब्यबहार र जीवनशैली
आदर,सदभाव,माया ममता, आदर्श ..
बुध्द ,महात्मागान्धी ,महाबीर,मोहम्मत ,क्राईस्ट आदिका ..
कुनै मान्यता छन् यहा ?
स्वर्नाक्षरमा लेख्नलाई यहाँ केही बाकी छ ?
छिः अनावस्यक प्रचारले
जनजीवन खर्लप्पै निलेको छ यहाँ थुईक्क जमाना,
साच्चिकै भलादमी र आदर्शवानको
कुनै ठाउ छ यहाँ ?
साथी अब साथी रहेन
घरपरिवारसमेत आफ्नो भएनन्
छिमेकी अब छिमेकी भएनन्
देशसमेत आङ्खनो रहेन
थुईक्क जमाना
एकजनाले कर्तब्य बेचेपछि ,सबैलाई बेच्न कर लाग्दो रहेछ
कर्तब्य बेच्नेलाई दण्ड भए पो देशमा
अनि चल्दो रहेछ मिचामिच, थिचाथिच ,बेचाबेच
किनाकिनको पैसाबाजी खेल न जेल न नेल
सधै मिडियामा प्रमुख पेज थुईक्क जमाना
जमाना सकेपछि सबै कुरा किनबेच थुईक्क जमाना
यो पैसाको आयु कति हो ??

– खोटाङ, सुङ्देल
हाल: बेलायत

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.