पुस्तक समीक्षा : एउटा पृथक काब्यिक धारः बर्दीभित्रको मन

~मिजास तेम्बे~

आज भन्दा दुइ बर्षपहिले मात्र मलाई उनको छोरा संगको संबाद सुन्ने सुयोग मिलेको थियो । त्यो संबादले मेरो हृदयमा अनौठो झड्का दिएको थियो । केहि क्षण स्तब्ध भएको थिए । त्यहि बेला देखि म उनका कविताहरुको पाठक हुँ, प्रशंसक हुँ र फ्यान हँु । हा,ेउनै प्रतिभाशाली कवि नवराज र्राई ज्यूको नौलो काब्य कृति बर्दीभित्रको मन भित्रका कविताहरुको सम्बन्धमा केहि लेख्ने जमर्को गरेको छु ।

हो उनी लाहुरे भएर कवि भएका होईनन् र कवि भएर लाहुरे भएका पनि होईनन् । उनि त दुवै भएर पो दुवै भएका हुन् । डायस्पोरिक चिन्तनका थोरै मात्र प्रतिभाशाली स्रष्टाहरुको माझमा उनी केहि बित्ता अघि छन् । काब्य कर्ममा उनले आपनै शैली निर्माण गरिसकेका छन् । आप्रवासमा मात्र होइन समकालीन नेपाली काब्य फाँटमा उनका कविताहरुले बलियो संग आपनो उपस्थिति जनाएका छन् । सरल र सुललीत शब्दहरुको समायोजन, स्पस्ट विम्ब र प्रतिकहरुको आयोजन र मिथकहरुको चमत्करीक समन्वय उनका कविताका बैशिष्ठ्यता हुन् । उनी नेपाली कविताकासच्चा साधक हुन् र तपस्वी हुन् भन्ने कुरा उनका कविताहरुले बोकेका काब्य चेतनाले प्रमाणित गर्दछन् ।

उनका केहि कवितांशहरु समीक्षार्थ प्रस्तुत छन् …….

पाश्चात्य संस्कृतीको अतिक्रमणले हाम्रा आउने पुस्ताहरुमा पर्ने असर र निकट भविस्यमा पुस्तान्तरका कारण हामीले भोग्नु पर्ने नियतीको सम्बन्धमा कवि यसरी कविता लेख्छन् –

.…….. हो छोरा !
ढाकर तोक्मा र हलो जूवा
म तिमीलाई संग्रालयमा देखाउने छु ।
नेपालीमा लेखेका ती अक्षरहरु
म तिमीलाई अंग्रेजीमा भन्ने छु ।
तिमी ठूलो भए पछि ,
तिम्रो बाबुले आपनै हातले चलाएका,
अनौठो इतिहास देखाउने छु ।
………आज त्रि्रो बाबु हुनुमा गर्ब लागेको छ मलाइ ।
तर तिमीलाई
मेरो छोरा हुनुमा गर्ब छैन होला हगि –
बाबु हुनु भनेको माया बाड्नु रहेछ ।
– छोरा संगको संबाद )

कवि इराक युद्धमा सामेल थिए । यस्तो छ उनको अनुभूति –

घडीको सुइ कति ढिलो
घुमाएर भोली बनाई दिऊ –
भ्ाो नबनाऊ
एका बिहानै चिलले मान्छेको मासु खाएको हेन सक्दिन ।
उफ !
अस्वभाविक पीडाले पोल्छ,
तीन फिटको खाल्डो भित्र ।
-अर्को बिहानीको आशामा )

देशमा हुने राजनैतिक फोहोरी खेलको सर्न्दर्भमा लेखिएको उनको ब्यङग्यात्मक कविता प्रस्तुत छ –

भंैसीमुते आहाल भित्र संसार सजाएर
रात भरी ट्यार ट्यार कराउछन् ।
म्ाानांै बाहिर कोहि छैनन् ।
भित्र बाट रात भरि जिउ दुखिन्जेल कराउछन् ।
असंतुष्टीका नारा लगाउछन् ।
असमानताको भाषण छाट्छन् ।
भोलि बिहान उस्तै छन् देख्नमा
स्वाभिमानी भ्यागताहरु ।

( स्वाभिमानी भ्यागुताहरु )

कवि प्रकृतीलाई औधि माया गर्छन् यसरी –

मेरा हातहरु सल्बलाउछन् ,
मेरा ओठ फर्फाउछन्,
मेरा शरीर काप्न थाल्छ ।
ममा हजारौंं भोल्टको करेन्ट बग्न थाल्छ ।
ममा भूत सवार हुन्छ,
प्रिय जून !
म तिमी सित रात काट्न चाहान्छु ।
– जून संग एकालाप )

सुन्दरी प्रतियोगिताका बिपक्षमा छन् कवि –

……त्यसो हो भने भन्नुहोस्
पेमेला एन्डरसन् कि, मदर टेरेसा सुन्दरी –
जेनिफर लोपेज कि, फ्लोरेन्स नाईटिङ्गेल सुन्दरी –
अझै भन्नुहोस ,
टम क्रुज सुन्दर कि नेल्सन मण्डेला सुन्दर –
सलमान खान सुन्दर कि गान्धी जी सुन्दर –
– के हो फेसन शो )

मान्छेले भोग्नु पर्ने नियतीलाई यसरी सुन्दर ढंगले पोख्छन् कवि –

समय ह……र………र……..र …….रै गयो,
सल्लाको पात dmर्दै गयो
एक सय असी एम. पि .एचमा
सडकमा हुइकियो/बाटोमा हुइकियो
हरियो तार भित्र,/हरियो तार वाहिर
मलाई लात् हान्दै, घोक्रेठ्याक लगााउदै
समय गयो हजूर मैले रोक्नै सकिन ।
– समयबाट )

ल्ााहुरेहरुले भोग्दै आएका एउटा अनौठो बिवशता हो यो कविता –

.……..हो साथी !
मलाई अरुले लाहुरे भन्छन्,
तिमीले पनि उहि त भन्छौ नी ,
उहिले उहिले लाहुर भन्ने ठाँउमा
हाम्रा पुखाहरु भर्ती भएर
सेनामा लाहुरे हुन्थे रे,
सुनेको कुरा भनि हाले
म भने लाहुर पुग्न परेन लाहुरे बन्नलाई,
तर लाहुरे भने भा\’को छु ।
मलाई यो न्वारनले कति न्याय गरयो
या अन्याय गरयो…….
-म हतियार उठाउने मान्छेबाट )

लात्ती, तिमेरु, घाँडो, भान्टाङभुन्टुङ , ग्वाम्मै र ह…र..र..रै जस्ता स्तस्फुर्त गाम्ले -टिपिकल) शब्दहरुको प्रयोगले उनका कविताहरु अझ सुन्दर भएका छन् । आफ्ना एकतीस थान कविताहरुमा उनले एउटा खुश्बु भन्ने उर्दु शब्द चलाएका छन् ।

उनका कविताहरुले समाज र जीवनका हरेक पक्षहरुलाई अत्यन्तै सूक्ष्म ढंगले प्रस्तुत गरेका छन् । उनको काठमण्डौं एक शब्दचित्र, स्वर्गीय आमालाई चिठ्ठी, नेपाल बन्दको दिन र स्वाभिमानी भ्यागुताहरु जस्ता कविताहरुले देशको अस्तब्यस्तता र राजनैतिक फोहोरी खेलको सर्न्दर्भमा बोलेका छन् । त्यस्तै गरी माdmी दाई, समय, भोली आएन र यसरी बाँच्छ एउटा आसक्त जीवन आदि जीवन दर्शनका कविताहरु हुन् । अर्को विहानीको आशामा, आफगानीस्तान र उपेक्षित लाहुरे र तम्मारुले कविलाई युद्ध कवि साबित गरिदिएका छन् । आम कविहरु dmैं उनले पनि प्रेम प्रकृति र यौनलाई आफ्नो कविताको विषय वस्तु बनाएका छन् । विशेष गरेर उनको डायस्पोरीक (आप्रवासी) चिन्तनले भरिएका कविताहरुमा गांँउ रोएको छ , म विस्थापित मान्छे, र ओ लण्डन आदि रहेका छन् ।

समकालीन नेपाली कविता लेखनको फाँटमा एउटा फरक धार समातेका कवि हुन् नवराज र्राई । उनका कविताहरुमा आएको अन्तरास्टि्य परिवेश र सरोकारका कुराहरुले अनि युद्ध कविताहरुले उनलाई पृथक बनाई दिएका छन् । नेपाली कविहरु आफ्नै देशमा बसेर देश विदेशका कविताहरु लेख्दै आएका छन् तर उनी एउटा यस्ता नेपाली कवि हन् जस्ले देश बिदेश डुलेर उहि देशको माटो र जीवनका कविताहरु लेखेका छन् । उनी त अन्तरराष्ट्रिय कवि हन् । युद्ध र आतंङ्कले ग्रस्त राष्ट्रहरुमा अनि मानवीय संंवेदना हराउदै गएको देशहरुमा गएर त्यस देशको बारेमा कविता लेख्नु सजिलो कार्य होईन । खुकुरी र र्राईफलका मात्र बहादुर होइनन् उनी त कलमको बाहादुर पनि पो रहेछन् । उनको काब्य यात्रा अdm सफल होस् , उनलाई साहित्यिक सलाम ! जाँदा जाँदै उनकै कविताहरुद्धारा बुनिएको एउटा नयाँ कविता उपहार कविलाई…………..

ज्यानमाया !
नेपाल बन्दको दिन गाँऊ रोएकोछ सायद,
एउटा चिठ्ठी उनको नाउमा
अर्को चिठ्ठी स्वर्गीय आमालाई
म भने,
एक अतृप्त माया साँचेको बिस्थापित मान्छे,
उपेक्षित लाहुरे र तक्माहरु dmैंं ।
हरेक वर्षरु मसान डुलेको रातहरुमा
जून संग एकालाप गर्दै समयको
फेसन शो हेछु अर्को बिहानीको आशमा ।
यसरी बाँच्छ एउटा आसक्त जीवन ।

ए स्वाभिमानी भ्यागुताहरु !
म हतियार उठाउने मान्छे
देशको भरिया बन्न चाहान्छु ।
ए माdmी दाई !
ए डोल्पाली दुलही !
मान्छे रातो गुलाब होइन,
संस्कार बदल्नु पछ ।

ओ काठमाण्डौ !
ओ अफगानिस्तान !
ओ लण्डन !
कलम किन सत्य बोल्दैन –
कहिले सम्म बन्ने अञ्जान –

अस्तु

– ढुंगेसाँघु –७, तेम्बे ताप्लेजुङ्ग, नेपाल
हाल – बेलायत

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.