गजल : यति धेरै रसाइरहेछ

~सुजन बुढाथोकी ‘कान्छा’~

यी आखाहरु आज किन यति धेरै रसाइरहेछ
तैभएर होला आकासले पनि आँसु खसाइरहेछ

मलाइ जान्न मन छ उ कलाकार हो कि आमा हो
जो जिवनमा आफू रोएर पनि अरुलाइ हसाइरहेछ

मरुभुमिमा पानीको त्रीस्णाले मृगलाइ तड्पाए झै
हरेक दिन रात तिम्रा ती यादहरुले सताइरहेछ

उ रक्सी र रण्डीमा लाखौ रुपैया खर्च गर्छ
पछि थहा भो उ महिनामा करोडौ कमाइरहेछ

जसरी भेडाहरुलाइ नेताहरुले नचाइरहेछन
उसैगरी बिदेशीले ति नेताहरुलाइ नचाइरहेछ

कस्तो नियती हो यो भगवान भ्रस्ट मोटाइरहेकोछ
दिनभरी कस्ट गर्ने चाहिँ आधा पेट खाइरहेछ

झरी बर्सातले भरिएर नदिहरु फुट्न लागे रे
मान्छे मनभरी अझै किन सपना सजाइरहेछ?
यी आखाहरु आज किन यति धेरै रसाइरहेछ
तैभएर होला आकासले पनि आँसु खसाइरहेछ

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.