~सुजन बुढाथोकी ‘कान्छा’~
हाम्रो नजिक आएर अनि भट्टी होटल
र रक्सी पसल नजाने कसमहरु खाएर,
बुवाले आजसम्म कति बोतल खानु भो?
यादहरुमा तिमिलाइ नदेखु भन्छु
अदृस्य अक्सिजन पवन बनेर तिमी
हृदयका हर ढोका
र ढुकढुकीहरुमा आइरहन्छौ।
तिमिलाइ भुल्ने बहानाहरुमा मैले
कति धेरै नसाहरु पिए प्रीयसी!
तर,अफसोच तिमी कहिल्यै पनि
म बाट उत्रीएनौ
मेरो अन्तिम प्रयासमा तिमी
अझ अमली भएर मेरा हर_रक्त नसा
र मस्तिस्कहरुमा बसिरहौ
र जिन्दगिभर मेरो बर्तमान भयौ तिमि
यसैले मैले तिमिलाइ आजसम्म पनि सम्झिरहेछु
मेरो अन्तिम प्रयासमा तिमी सासमा भएर बस्यौ
यस्तो लाग्छ ! सायद
मैले जिन्दगी हैन ऐले तिमिलाइ नै जिइरहेछु ।
नास्तिस्कहरुले जति धेरै
मन्दिरको इस्वरलाइ जति नै आबिस्बास गरे पनि
आखिर भगवानहरु आजसम्म पनि
मान्छेहरुको मनमा बस्न छाडेनन !
तिमिलाइ बिर्सदा,
मैले कति धेरै तिमिलाइ माया गरेछु
प्रीयसी
तर अफसोच
आजसम्म पनि छापिएन मेरो प्रेम
प्रकास्ठ प्रकासमा पनि देखिएन ।
कबिता छोडेको खुशियालिहरुमा
ओहो!मैले कति धेरै कबिताहरु लेखेछु
तर अह आजसम्म पनि सकिएन ।
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )