~ममता मृगतृष्णा~
हिजो भोगे माया आज भोग्दै थिए घात सानु
जल्दै गर्या आगो छेऊमा चिठीका ती खात सानु
जून थिएन आकाशमा,रूॅदै होला लुकि कतै
जिवन जस्तै अन्धकार र निष्पट्ट थ्यो रात सानु।
आॅसु पुछ्दै सोंचिरहें किन गयौ छाडी मलाई
बुझें अब म भुईंको धुलो त्यही मेरो औकात सानु।
ती मीठा पल अनि सम्झें ती रसिला सांझहरू
फगत त्यही मीठो विगत तिम्लेद्या सौगात सानु।
खोज्छु बाहना जिउनलाई जुटाउंदैछु आँट तर
हार्छु जस्तै लाछ आज सक्दिन कुर्न प्रभात सानु।
-मृगतृष्णा
03-08-16
(स्रोत : रचनाकारको ब्लगबाट सभार गरिएको । )