~डा. विदुर चालिसे~
बगानका उत्तीसका पत्ताहरू पनि
सुइरिरहेका बेला चियाजस्तै बन्थे
अत्तरका मायालु सनमहरू सँग !
सगाेलका दृष्टिभ्रमहरूले टाँसिएर
लिलाकाे घरहरू भरि मयूर थे
पत्थरहरू चर्किरहेका प्रहरमा
ऐनाका मगन झुल्किदिन्थे बहार
अत्तरका सकुशल सुगन्धहरू छेउ
कृष्णलीलाकाे उत्कर्ष मनहरूसँग !
माैसममा पलाउँदै गरेका जुनहरू
खुट्टा बजारिदिन्थे नवीन ढङ्गमा
पदचापका हल्काहल्का मस्काइछेउ !
अाँखाका ईसाराका निराश अत्तरहरू
बक्सामा बन्द हुँदैनथे कृष्णका लीलासँग
तुवाँलाेजस्तै धुम्मिरहेका साैगातकाे क्षण
तुषाराेजस्तै जमेका चिसा पानीका रङ !
कुहिराेजस्तै बतास्सिइरहेका तिनका मन
ऋतुहरूलाई पनि छलेर साइतका अत्तरमा
लीला ! लीला !! लीला !!! फेरि लीलाहरू
नृत्य नादका बीच दुनियाका हंस बहार !
भ्रमबसका कम्पनमा चलिरहेथे पाइलाहरू
शालिन शक्तिका असरमा कदमका बृक्षमा
छाेडिरहेका र तानिरहेका बस्त्र हरणहरू पनि
अत्तरका प्रभाव मनसँग डुबिदिन्थे नालातिर !
जब सडकमा म पुग्दथेँ अावेगले झटारिएर
अत्तरका दुर्गन्धहरू लाली बनिदिन्थे मैसँग
शरद ऋतु पनि हारिदिन्थे कहिलेकाँही
साैन्दर्य प्रतियाेगितामा ।
लीलामा चढेका लालीहरू
लालीमा चढेका लीलाहरू
सडकभरि नचाइदिन्थे अचेल
ससद बहसका कानेखुसी बीच !
तर जीवनकाे लीला तिमीसँगै घुमिरहेथे फटाफट !
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)